काठमाडौं । लकडाउनको समयमा काठमाडौंबाट भक्तपुर जाने सवारीसाधनमा डिसइन्फेक्सन स्प्रे गर्न थालिएको छ । सवारीसाधनमा पनि कोरोना आउने भन्दै भक्तपुर प्रबेश गर्ने सवारीसाधन डिसइन्फेक्सन गर्न थालिएको हो ।
उक्त डिसइन्फेक्सनको काम नेपाल रेडक्रस सोसाइटीको नेतृत्वमा भइरहेको छ । यसरी सवारीसाधन डिसइन्फेक्सन गर्दा सवारीसाधनबाट सर्न सक्ने कोरोना रोक्न सकिने छ ।
कोटेश्वर हुँदै भक्तपुरतर्फ जाँदा जडिबुटी क्रसगरेसँगै आउने पुलमा बसेका स्वंयम सेवकहरुले अत्यावश्यक सेवामा निस्कने सवारीसाधन, सुरक्षा निकायका साधन र पास लिएर संचालन भएका सवारीसाधन डिसइन्फेक्सन स्प्रे गर्ने गरिएको छ ।


