ठूलो ब्याट्रीसँगै मूल्य कटौती भएर आयो डल्फीन

काठमाडौं । बीवाइडीले आफ्नो सफल ह्याचव्याक कार डल्फीनको ‘अनर एडिशन’ चीनमा सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको नयाँ एडिशन पुरानोभन्दा १४ प्रतिशत कम मूल्यमा राखेर आएको हो ।

यसअघिको डल्फीनको सुरुवाती मूल्य १७ हजार ३०० डलर थियो । तर, नयाँ अनर एडिशन १३ हजार ८६५ डलर मूल्य तोकेर बिक्री सुरु गरेको हो ।

कम्पनीले मूल्य कटौती मात्रै गरेको छैन । नयाँ एडिशनमा ब्याट्री साइज पनि बढाएको छ । बीवाइडीले डल्फीनलाई ४५ किलोवाट आवर र ६० किलोवाट आवरको एलएफपी ब्याट्रीमा उपलब्ध गराउने छ ।

ठूलो ब्याट्री भने केहीपछि मात्रै बजारमा उपलब्ध हुनेछ । ब्याट्री, मूल्य र कलर भेरियन्ट थप भएर आएको डल्फीनको साइजमा भने कुनै परिवर्तन भएको छैन ।


Back_to_top