डोङफेङको हाइब्रिड इन्जिन टोयोटा र बीवाइडीकोभन्दा उत्कृष्ट

काठमाडौं । डोङफेङ मोटर्सले तयार बनाएको हाइब्रिड ग्यासोलिन इन्जिन टोयोटा र बीवाइडीको भन्दा पनि उत्कृष्ट रहेको पाइएको छ ।

डोङफेङ हालै सार्वजनिक गरेको १.५ लिटरको हाइब्रिड ग्यासोलिन इन्जिनको थर्मल इफिसियन्सी टोयोटा र बीवाडीले किास गरेकोभन्दा धेरै पाइएको हो ।

डोङफेङको हाइब्रिड ग्यासोलिन इन्जिनको थर्मल इफिसियन्सी ४८.०९ प्रतिशत रहेको छ । टोयोटाको प्रियस र डाइनामिक फोर्स फेमिलीमा प्रयोग भएको अट्किन्सन साइकल हाइब्रिड इन्जिनको इफिसियन्सी ४० देखि ४१ प्रतिशत रहेको छ । त्यस्तै, चनियाँ कम्पनी बीवाइडीले विकास गरेको हाइब्रिड इन्जिनको थर्मल इफिसियन्सी ४६ देखि ४६.५ प्रतिशत रहेको छ ।

डोङफेङको इन्जिनले इनर्जी इफिसियन्सी स्टार सर्टिफिकेट समेत पाएको छ । यो इन्जिन चीनमा विकास भएको पहिलो हाइब्रिड ग्यासोलिन इन्जिन हो । जसले ४८ प्रतिशत थर्मल इफिसियन्सीको थ्रेसहोल्ड पार गरेको हो ।

डोङफेङको इन्जिनमा इन्जिनको कम्प्रेसन रेसियो १५.५ भन्दा धेरै छ । इनोभेटिभ कम्बस्चन मेथोड रहेको यो इन्जिनमा ५०० बार फ्युल इन्जेक्सन सिस्टम रहेको छ । यो फिचरले फ्युल कम्बस्चन इफिसियन्सी र स्पीड बढाउँछ ।

यसको हाइब्रिड स्पशिफिक कम्पोनेन्टमा भेरियबल जियोमेट्री टर्बोचार्जर, फल्भ सिटफ्री डिजाइन, इलेक्ट्रीक भेरियबल भल्भ टाइमिङ लगायतको प्रयोगले फुल इन्जिन स्पीड रेन्जमा पनि स्मुद एयरफ्लो बढाउँछ । यो इन्जिनका अन्य टेक्निकल फिचरहरूमा इन्ट्रिग्रेटेड इलेक्ट्रीक मोटर फ्युलपम्प, सिलिण्डर बोरमा थर्मल स्प्रे कोटिङ अन्य १० फिचरहरू रहेको छ ।

डोङफेङका अनुसार यो ब्रेकथ्रुले फ्युल इफिसियन्सीमा सुधार ल्याउनुका साथै सहरी ट्राफिक होस वा हाइवेको स्पीड सबैमा पावर डेलिभरीमा कन्सिस्टेन्सी रहने छ । कम्पनीका अनुसार यो इन्जिनले १० प्रतिशत रेन्ज समेत बढाउने छ ।


Back_to_top