स्वीडेनमा पहिलो पटक ड्राइभर बिनाको इलेक्ट्रीक ट्रक परिक्षण गरिएको छ । स्वीडेनको स्टार्टअप कम्पनी इनराइडले उक्त ट्रक परिक्षण गरेको हो ।
सो कम्पनीलाई स्वीडेनको आधिकारिक निकायले चालक रहित इलेक्ट्रीक ट्रकलाई अन्य ट्राफिक समेत हुने औद्योगिक क्षेत्रमा परिक्षणको अनुमती दिएको हो । चालक रहित यो ट्रकलाई टी–पड भनिएको छ । यो ट्रकका परिक्षणका लागि दिइएको पर्मिट २०२० डिसेम्बर ३१ सम्मका लागि रहेको छ ।
कम्पनीका अनुसार यो ट्रकले सबै ठाउँमा भने जान पाउने छैन । औद्योगिक क्षेत्रदेखि वायरहाउससम्मा जान पाउने छ जहाँ केही सार्वजनिक सडक समेत छन् ।
उक्त ड्राइभरलेस इलेक्ट्रीक ट्रक आवश्यक पर्दा कन्ट्रोल रुमबाट समेत नियन्त्रणका गर्न सकिने छ । स्वचालित ट्रकमा क्यामेरा, रेडार तथा थ्रीडी सेन्सर रहेको छ । जसले ट्रक भएको क्षेत्रको ३६० डिग्रीमै जानकारी गराउनेछ ।
यो ट्रकमा प्रयोग भएको अटोनोमस ट्राइभिङ प्लेटफर्म एनभीआइडीआइएले बनाएको हो । साथै यसमा प्रयोग भएको सिस्टमले ५जी नेटवर्क सपोर्ट गर्न सक्छ ।
यो ट्रक प्रतिघण्टा ८५ किलोमिटरमात्र कुद्न सक्छ । तर हाल परिक्षणका क्रममा भने प्रतिघण्टा ५ किलोमिटरमात्र कुदाउने अनुमति दिइएको छ ।

