प्यासेन्जर सवारीमा अबको ‘गेम चेन्जर’ बन्ला माइक्रो एसयूभी

काठमाडौं । वर्तमान विश्व सवारी बजारमा अधिकांश मानिसहरुको रोजाईमा एसयूभी तथा क्रसओभर सवारी पर्ने गरेको छ । विगतमा सेडान कार प्रति मानिसहरुको यस्तै रोजाई हुने गथ्र्यो । सवारी उत्पादकहरुले पनि उपभोक्ताको यस्तै चाहनालाई मध्यनजर गर्दै क्रसओभर वा एसयूभी सेगमेन्टलाई नै उच्च प्राथमिकताका सात विकास तथा उत्पादन गरि रहेका छन् । 

सावरी उत्पादकहरुले एसयूभी सेगमेन्टमा पनि विभिन्न वर्गिकरण गरेर उत्पादन गरेकाले उपभोक्तालाई छनौटको अवसर मिलेको छ । त्यसैले कार उत्पादकहरुले आफ्नो भविष्य एसयूभी सेगमेन्टमै बढी देख्न थालेका छन् । 

यस्तोमा जुनसुकै मुलुकका सवारी उत्पादक हुन् एसयूभी सेगमेन्टमै विकास भएको उपभोक्तको चाहना अनुरुप सवारी बनाउने हुन् । विगत केही महिनाको तथ्यांक हेर्ने हो भने भारतमा जति संख्यामा एसयूभी सेगमेन्टका सवारी सार्वजनिक भएका छन् त्यो अन्य कुनै पनि सेगमेन्टका भएका छैनन् । 

नेपाली बजारमा पनि भारत निर्मित सवारी आउने र उस्तै भौगोलिक अवस्था भएकाले एसयूभी सेगमेन्टका सवारी नै धेरै बिक्री हुने गरेको छ । 

भारतमा एसयूभी सेगमन्टलाई मारुती सुजुकीको सवकम्प्याक्ट एसयूभी भिटारा ब्रेजाले नेतृत्व गरेको छ । ७ लाखदेखि २० लाख भारुसम्म मूल्यका एसयूभी सवारी धेरैको रोजाईमा पर्ने गरेको छ ।

गएको दुई महिनामा मारुतीको भिटारा ब्रेजाले दुईवटा नयाँ प्रतिस्पर्धी पाइसकेको छ । हुन्डाई क्रेटाको केसमा पनि त्यस्तै भएको छ । क्रेटाको सेगमेन्टमा टाटा ह्यारियर, निसान किक्स अहिले प्रतिस्पर्धी छन् भने निकट भविष्यमा एमजी हेक्टर र किया एसपीटूआई आउँदैछन् । 

यसरी एसयूभी सेगमेन्टमा भएको विस्तारले ह्याचब्याक कारको बिक्रीमा समेत कमी आउने अनुमान गर्न थालिएको छ । उच्च ग्राउन्ड क्लियरेन्स, ठूलो स्पेसमा उपयुक्त मूल्यमा पाइने भएकाले यो सेगमेन्ट प्रति उपभोक्ता आकर्षित भएका हुन् । 

एसयूभी सेगमेन्टमा नयाँ सेगमेन्ट आएको छ माइक्रो एसयूभी । यसले सबैको ध्यान खिचेको छ । माइक्रो एसयूभी सेगमेन्टमा २०१६ मा सार्वजनिक भएयता महिन्द्राको केयूभी–१०० प्रतिस्पर्धी बिना बजारमा रहेको छ । 

अब भने यो सेगमेन्टमा तिब्र प्रतिस्पर्धा हुने देखिएको छ । मारुती सुजुकीले कन्सेप्ट फ्युचर एसमा आधारित भएर माइक्रो एसयूभी ल्याउँदै छ । यसले माइक्रो एसयूभी सेगमेन्टमा नयाँ आयाम ल्याउने विश्वास गरिएको छ । मारुतीले उक्त कार यही वर्षको फेस्टिव सिजनमा ल्याउने छ जसमा टर्बोचाज्र्ड पेट्रोल इन्जिन हुनेछ । 

त्यस्तै टाटाले एचटूएक्स कन्सेप्टमा माइक्रो एसयूभी उत्पादन गरिरहेको छ । यो कार २०२० को अटो एक्सपोमा आउने अनुमान गरिएको छ । हुन्डाई मोटर्सले पनि माइक्रो एसयूभी उत्पादनको तयारी गरिरहेको छ । 

यसरी हेर्दा अबको अटोमोबाइल बजार माइक्रो एसयूभीले नेतृत्व गर्ने देखिन्छ । नेपाली बजारमा पनि गाडी उत्पादन वा एसेम्बल नहुँदासम्म भारत तथा अन्य मुलुकबाट आयात गरिने सवारी प्रयोग हुने भएकाले विश्वमा चलेको ट्रेन्ड नै भित्रिने छ । 


Back_to_top