नासाको सातौँ साधारणसभा सम्पन्न, यस्तो छ नयाँ कार्यसमिति

काठमाडौं । नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) को सातौँ साधारणसभाले नयाँ कार्यसमिति गठन गरेको छ ।  नासाले  नेपालमा मोटर÷मोटरसाइक्लिङ्ग स्पोर्ट्स, अटोमोवाइल मोबिलिटी, ड्राइभ टुरिजम तथा रोड सेफ्टीको क्षेत्रमा बिगत १० वर्षेदेखि क्रियाशील रहेको संस्था हो ।

संस्थाको सातौँ साधारण सभाको उद्घाटन नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको थियो । 

कार्यक्रममा नासाका महासचिव गोविन्द भट्टराईले प्रस्तुत गरेको १० वर्षे प्रगति प्रतिबेदन तथा सहकोषाध्यक्ष धान्यमणि नेपालले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्वसम्मतले पारित भएको थियो । 

त्यसैगरी आगामी वार्षिक, चार वर्षे तथा बिस वर्षे कार्ययोजना पारित गर्दै देहाय अनुसारको पदाधिकारी निर्विरोध निर्वाचित भएको बिज्ञप्तीमा उल्लेख छ । 

नयाँ कार्यसमितिमा दशरथ रिसाल अध्यक्ष बनेका छन् भने मेघराज पौड्याल, शुसिल ताण्डुकार र सिताराम न्यौपाने तीन जना उपाध्यक्षमा चयन चएका छन् । 

आशिष गजुरेल महासचिव, निरज खड्का क्षेत्री सचिव, दिपक कुमार आचार्य, सचिव, धान्यमणि नेपाल कोषाध्यक्ष र  प्रकाश कपुरी सहकोषाध्यक्षमा चयना भएका छन् । 

त्यसैगरी सदस्यमा रामपुकार शाहि ठकुरी, सन्जु बज्राचार्य, नारायण भट्टराई, जिस्वान तुलाधर, सजल कार्की र अनिल बराल रहेका छन् । 


Back_to_top