काठमाडौं । सरकारले अर्को वर्षदेखि पूर्व–पश्चिम रेल मार्ग बनाउने भएको छ । संघीय सरकारको नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भन्डारीले यस्तो बताएकी हुन् ।
सरकारले गत चैतमा भएको लगानी सम्मेलनमा समेत पूर्व–पश्चिम विद्युतीय रेल निर्माण गर्ने परियोजना शो केस गरेको थियो । पूर्व–पश्चिम विद्युतीय रेल बने आवागमन तथा सामानओसारसमा सहजता हुने विश्वास गरिएको छ ।
उक्त रेल मार्गका लागि ३० मेगावाट विद्युत लाग्ने अनुमान गरिएको छ । सरकारले नीति तथा कार्याक्रममा उच्च प्राथमिकताका साथ समावेश गरेको विद्युतीय रेल निर्माण पनि सोही तवरमा हुने अपेक्षा गरिएको छ ।
यो रेल मार्गको विभिन्न खण्ड ४ वर्ष भित्र बनाइने सरकारकोे नीति रहेको छ ।

