काठमाडौं । नेपालमा विक्री सुरु गर्नुअघि ओडेसीले आफ्नो इलेक्ट्रीक मोटरसाइकलको परिक्षण मुस्ताङको सडकमा सुरु गरेको छ । कम्पनीले तराई क्षेत्र लुम्विनीदेखि हिमाली क्षेत्र मुस्ताङसम्मका सडकमा मोटरसाइकल परिक्षण गर्न लागेको हो ।
ओडेसीका इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधन ओम इलेक्ट्रोनिक्स प्रालिले नेपाल ल्याएको हो । कम्पनीले विक्री सुरु गर्ने तयारी गरिरहेको इभोक्वीस मोटरसाइकल परिक्षणका लागि मुस्ताङ पठाइएको जानकारी दियो ।
कम्पनीका अनुसार नेपालको तरार्इदेखि हिमाली भेगसम्म ओडेसीका मोटरसाइकलको सम्भावना परिक्षणका लागि लुम्विनीदेखि मुस्ताङ यात्रा गर्न सुरु भएको हो । यो यात्रा ६०० किलोमिटरभन्दा धेरै हुने कम्पनीले जनाएको छ ।
इभोक्वीस मोटरसाइकल पूर्णत आधुनिक फिचरले भरीपूर्ण रहेको छ । कम्पनीले यसमा एलइडी प्रोजेक्टर हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ ।
यसको डिजिटल क्लष्टरमा ब्याट्रीको अवस्था, स्पीड, ट्रिप मिटर, ओडो मिटर, टर्न इन्डिकेटरको विषयमा जानकारी दिन्छ । मोटरसाइकलको दुबै ह्वील १७ इन्चको दिइएको छ । साथै, यसमा सियटको जुम एक्सएल टायर पाउन सकिन्छ ।
पछाडि चक्काको नजिकै दिइएको ब्याट्री चार्जिङ पोर्ट दिइएको छ । कम्पनीले यसमा ४.२ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । यसमा ३ किलोवाटको बोस्चले बनाएको इलेक्ट्रीक मोटर पाउन सकिन्छ । सेन्ट्रल इन्स्ट्रीच्यूट अफ रोड ट्रान्सपोर्ट (सिआईआरटी)का अनुसार यसलाई एक पटकको फुल चार्जमा १५० किलोमिटर गुडाउन सकिन्छ । यसलाई सामान्य घरायसी विजुलीमा १५ वाटको चार्जरले फुल चार्ज गर्न ६ घन्टा लाग्ने छ ।
इभोक्वीस मोटरसाइकलमा तीन प्रकारको राइडिङ मोड उपलब्ध छ । जसमा ड्राइभ, स्पोर्टस् र रिभर्स छन् । कम्पनीले यसको मूल्य ४ लाख ३५ हजार निर्धारण गरेको छ ।
कम्पनीले ९ मोडलका मोटरसाइकल तथा स्कुटर नेपाल भित्र्याएको छ । कम्पनीका अनुसार १ लाख ९५ हजार रुपैयाँदेखिका स्कुटर पनि उपलब्ध छन् ।


