नोयडा । मारुती सुजुकीले अटो एक्स्पो २०२० मा आफ्नो इलेक्ट्रीक फ्यूचर कन्सेप्ट कार सार्वजनिक गरेको छ । कम्पनीले ‘फ्यूचरो–ई’ नाममा शोकेस गरेको यो मोडल अटो शोको आकर्षण बन्न सफल भएको छ ।
कम्पनीले सार्वजनिक गरेको यो इलेक्ट्रीक एसयूभी मिडसाइज सेग्मेन्टको हो । यसको डिजाइन भारतमा नै भएको कम्पनीले जानकारी दिएको छ । यो एसयूभीको कन्सेप्ट मारुती सुजुकीको अहिलेसम्मको डिजाइन थिमभन्दा विल्कुलै फरक ढंगले आएको छ ।



