यी हुन् बजारमा आउने तयारीमा रहेका २५० सीसीका माेटरसाइकल

काठमाडौं । विश्व बजारका मोटरसाइकल उत्पादकको मुख्य नजर भारतीय बजारमा रहेको छ । धेरै जनसंख्या र कमजोर आयका कारण भारतीय बजारमा पावरफुल र फ्ल्यागसिप मोडलको तुलनामा कम्यूटर सेग्मेन्टको माग उच्च रहँदै आएको थियो ।

पछिल्ला दिनमा युवावर्गको रोजाईमा स्टाइलिस र पावरफुल मोटरसाइकलको माग बढेसँगै २५० सीसी सेग्मेन्टका मोटरसायकलको माग उच्च बन्दै गएको छ । यस्तोमा विभिन्न कम्पनीले नयाँ मोडल भारतीय बजारमा नै उत्पादन गर्ने भएका छन् ।

२५० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने तयारी गरिरहेका सबै कम्पनीको उत्पादन नेपाली बजारमा बिक्री वितरण हुँदै आएकाले हामी कहाँपनि यसबारे चासो हुनु स्वभाविक हो ।

यस्ता छन् २५० सीसी सेग्मेन्टमा आउदै गरेका नयाँ मोडल

बुलेट २५०: बेलायती मस्कुलर मोटसाइकल उतपादक कम्पनी रोयल इन्फिल्डले भारतीय बजारमा २५० सीसी क्षमताको नयाँ बुलेट ल्याउने घोषणा गरेको छ । कम्पनीले २०२० को दोस्रो क्वाटरसम्म भारतीय बजारमा यसलाई सार्वजनिक गर्ने बताइएको छ ।

कम्पनीले पाको उमेर भएका र महिला राइडरले पनि चलाउन सक्नेगरि कम तौल भएका मोटरसाइकल उत्पादनलाई अन्तिम चरणमा पुर्याएको जनाएको छ ।


कम्पनीले यो मोटरसाइकललाई रोयल इन्फिल्ड एक्सप्लोरर ब्राण्डमा ‘जे१सी’ कोड नेम दिएर निर्माण गरिरहेको छ । नयाँ ब्राण्ड अन्तर्गत बन्ने मोटरसाइकल २५० सीसी क्षमताको हुने छ ।

रोयल इन्फिल्डले यसअघि नै सन् २०२० बाट हरेक क्वाटरमा एउटा नयाँ मोडल ल्याउने घोषणा गरिसकेको छ । उक्त घोषणा अनुसार यो नयाँ मोडल आउने अनुमान गरिएको हो ।

डोमिनार २५०: बजाजले भारतमा २५० सीसी क्षमतामा डोमिनार ल्याउने तयारीलाई अन्तिमरुप दिइरहेको छ । अहिले विभिन्न चरणको सडक परिक्षण चलिरहेको यो मोटरसाइकल पनि २०२० को दोस्रो क्वाटरमा बजारमा आउने अनुमान गरिएको छ ।

कम्पनीले बनाउने नयाँ मोडल डोमिनार ४०० को तुलनामा ६०० ग्राममात्रै कम तौलको हुनेछ । यदि मिडियाले गरेका दाबीलाई मान्ने हो भने यसमा बक्स टाइप स्विङआर्म, सानो डिस्क ब्रेक, फरक चेनकभर, अगाडि सानो ह्वील रहने छ ।

कम्पनीले यसमा ड्यूक २५० मा रहेको २४८.८ सीसी क्षमताको लिक्विड कुल्ड सिंगल सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ३० बीएच पावर र २४ एनएम टर्क प्रदान गर्नेछ ।

केटीएम २५० एडभेन्चर

केही दनिअघि भारतीय बजारमा केटीएमले ३९० एडभेन्चर सार्वजनिक गरेको थियो भने केटीएम २५० एडभेन्चर मोडलको टेस्टीङ्ग भइरहेको बताइएको छ । केटीएमले निर्माण गर्ने एडभेन्चर २५० केटीएम ३९० एडभेन्चरबाट नै प्रभावित हुने छ ।

यो एडभेन्चर मोडलमा हाल डुक २५० मा रहेको इन्जिन नै रहने अनुमान गरिएको छ । यसमा २४८.८ सीसी सिंगल सिलिन्डर, लिक्वीड कूल्ड, एफआई इन्जिन रहेको छ । जसले ९ हजार आरपीएममा ३० बीएच पावर तथा ७ हजार ५ सय आरपीएममा २४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियर बक्स रहेको छ ।

यसको फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्च अफरोड ह्वील रहेको छ । यसमा एडभेन्चर ३९० मा रहेको कलरफूल इन्स्टुमेन्ट कन्सोल भने नदिने कम्पनीले जनाएको छ । २५० एड्भेन्चरमा स्लीपर कल्च, हेलोजिन हेडल्याम्प, डबल च्यानल एबीएस जस्ता फिचर रहने छन् । यसलाई २०२० को अन्त्यसम्ममा बजारमा ल्याउन सक्ने अनुमान गरिएको छ ।

२५० सुजुकी इन्टुडर : जापानी मोटरसाइकल उत्पादक कम्पनी सुजुकीले २५० सीसी क्षमताको नयाँ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले आगामी अटो एक्स्पो २०२० मा यसलाई सार्वजनिक गर्ने अनुमान गरिएको छ । अटो एक्स्पो २०२० फेब्रुअरी ७ देखि आयोजना हुँदैछ ।

कम्पनीले ल्याउने २५० सीसी क्षमताको नयाँ इन्टुडर मोटरसाइकल आफ्नै १५५ सीसी क्षमताको मोडलबाट प्रभावित हुने जनाइएको छ । यसमा दिइने अधिकांस मेकानिकल पार्टस जिक्सर एसएफ २५० बाट दिइएको हुनसक्ने अनुमान गरिएको छ ।

सुजुकीले इन्टुडर २५० मा अगाडि कन्भेन्सनल टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन प्रदान गर्ने जनाइएको छ । यसमा ब्रेकिङ सिस्टमलाई उत्कृष्ट बनाउन दुबै चक्कामा डिस्क ब्रेक र डियुल च्यानल एबीएस दिइएको छ ।

कम्पनीले इन्टुडर २५० को सबैभन्दा उत्कृष्ट पक्ष भनेको रिल्याक्स ड्राइभिङ र स्मुथ पावर ट्रेन भएको जनाएको छ । यदि कम्पनीले दाबी गरे अनुसार यो मोटरसाइकल आउने हो भने यसले अन्तर्राष्ट्रिय बजारमा निकै ठूलो चर्चा पाउने अनुमान गरिएको छ ।

सुजुकीले यसमा २४९ सीसी आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । उक्त इन्जिनले २६.५ पीएस पावर र २२.६ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइने छ ।

यामाहा २५० एडभेन्चर: चर्चित दुई पाङ्ग्रे सवारी निर्माता कम्पनी यामाहाले २५० सीसी क्षमतको एडभेन्चर मोटरसाइकल निर्माण गर्ने भएको छ । हाल उपलब्ध रहेको एफजेड २५ मोडललाई आधार मानेर कम्पनीले एड्भेन्चर २५० बनाउने भएको हो ।

कम्पनीले टू ह्वीलरको प्रिमियम सेग्मेन्टमा यो मोटरसाइकललाई निर्माण गर्ने सहि समय आएको बताएको छ ।

एफजेड २५ मा आधारित यो एडभेन्चर मोटरसाइकलमा २४९ एयर कूल्ड सिगंल सिलिन्डर, २ भल्भ, एसओएचसी इन्जिन रहने भएको छ । कम्पनीले यो इन्जिन एफजेड २५ मोटरसाइकलबाट नै लिने भएको हो ।

उक्त इन्जिनले ८००० आरपीएममा २०.६ हर्सपावर तथा २० एनएम टर्क ६००० आरपीएममा जेनेरेट गर्छ । यो इन्जिनमा ५ स्पीडको गियरबक्स जडान गरिने अनुमान छ ।

२५० हस्की: भारतको गोवामा भएको बाइक विकमा बजाज अटोले हस्कभर्नाको २५० सीसी मोटरसाइकल प्रदर्शनी गरेको थियो । उक्त शोमा कम्पनीले दुई नयाँ मोटरसाइकल प्रदर्शनी गरेको हो । २५० सीसी सेग्मेन्ट अन्तर्गत हस्कभर्ना भिट्पिलेन २५० र स्भार्टपिलेन २५० सार्वजनिक गरेको थियो । अब यी दुबै मोटरसाइकलको बिक्री सुरु हुने भएको छ ।

यी मोटरसाइकल भारतीय बजारमा २०२० फेब्रुअरीदेखि बिक्री गरिने कम्पनीले जनाएको छ । यससँगै यी दुबै मोटरसाइकल नेपाल आउने समेत पक्का भइसकेको छ । यसलाई नेपालमा अब गोल्छा ग्रुप अन्तर्गतको हंशराज हुलासचन्द एण्ड कम्पनीले बिक्री वितरण गर्ने भएको छ ।

११६ बर्ष पुरानो मोटरसाइकल निर्माता कम्पनीले ६ बर्ष अगाडि अस्ट्रियन कम्पनी केटीएमसँग सहकार्यमा हस्कभर्ना मोटरसाइकल भारतमा निर्माण गर्दै आएको छ । भारतीय मोटरसाइकल निर्माता कम्पनी बजाज अटोको केटीएम र हस्कभर्नामा ४८ प्रतिशत सेयर रहेको छ ।

यी मोटरसाइकलमा सिगंल सिलिन्डर, फोर स्ट्रोक, लिक्विड कुल्ड, एफआई इन्जिन रहेको छ । बजालले भारतीय बजारमा प्रिमियम मोटरसाइकल सेग्मेन्टमा गेम चेन्जरको रुपमा हस्कभर्नालाई लिएको छ ।

कम्पनीले यी मोटरसाइकलमा लाइट वेट स्टील फ्रेम प्रयोग गरेको छ, जुन केटीएममा समेत प्रयोग भइरहेको छ । यी मोटरसाइकलमा डब्ल्यूपी एपेक्स यूएसडी सस्पेन्सन, बोस्च ब्रान्डको डबल च्यानल स्यान्डर्ड, एलइडी हेडल्याम्प, एलइडी टेल ल्याम्प, १७ इन्च कास्ट आल्मुनियम ह्वील जस्ता बिशेषता दिएको छ ।

यसमा रहेको २४८.८ सीसी इन्जिले ३१ हर्सपावर ९ हजार आरपीएममा र २४ एनएम टर्क ७ हजार २५० आरपीएममा जेनेरेट गर्छ ।

स्भार्टपिलेन २५० लाई अफरोडर तथा भिट्पिलेन २५० लाई डबल प्रपोज मोटरसाइकलको रुपमा निर्माण गरेको छ ।


Back_to_top