काठमाडौं । पछिल्ला दिनमा संसारभर विद्युतीय कारको चर्चा चुलिएको छ । विश्वका धेरै देशले समय सिमा तोकेर ग्यासोलिन सवारीसाधनको विस्थापन गर्ने तयारी गरिरहेका छन् । त्यसोमा नेपाल पनि विद्युतीय सवारीसाधनबाट बाहिर हुन सक्ने कुरै भएन ।
भन्सार विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्ष २०७४/७५ को नौ महिनामा ७० करोड ५४ लाख ६ हजार ५६० रुपैयाँ बराबरको इलेक्ट्रीक सवारीसाधन आयात भएको छ । यो पनी पढ्नुस्ः अटो-फ्याक्टस्ः तथ्यांकमा सवारीसाधन आयात, कुन देशबाट कति ?
यो १० महिनाको अवधिमा ६ करोड ९ लाख ६६ हजार १ सय ७० रुपैयाँको इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकल आयात हुँदा २ करोड ४० लाख ८१ हजार १ सय ९० रुपैयाँको रिक्सा आयात भएको छ ।
यो पनी पढ्नुस्ः अटो-फ्याक्ट्सः ५० अर्बको आयातमा ५२ अर्ब भन्सार कर, कुन सेग्मेन्टबाट कति उठ्यो ?
यस अवधिमा ६२ करोड ३ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको इलेक्ट्रीक कार तथा अन्य सवारीसाधन आयात भएको भंसार बिभागको तथ्याङकमा देखिएको छ ।
आब २०७४/७५को १० महिनामा ८ सय ४० मोटरसाइकल, २ सय ८४ रिक्सा तथा ४ हजार ७ सय ३९ अन्य इलेक्ट्रीक सवारीसाधन आयात भएको हो । यस अवधिमा जम्मा ५ हजार ८६३ इलेक्ट्रीक सवारीसाधन आयात भएको छ ।
कुन सवारीसाधनमामा कति अन्तःशुल्क ?
नेपाल सरकारले ग्यासोलिन इन्जिन युक्त बसमा ५ प्रतिशत अन्तःशुल्क लिने गरेको छ भने, विद्युतिय बसमा जम्मा १ प्रतिशत मात्रै अन्तःशुल्क उठाउने गरेको छ । त्यस्तै, इलेक्ट्रीक मिनी बसमा समेत सरकारले १ प्रतिशतमात्रै अन्तशुल्क लगाउने छ । त्यहि ग्यासोलीन मिनीबसमा भने ३५ प्रतिशत अन्तःशुल्क लिने गरिएको छ । इन्धन प्रयोग हुने माइक्रोबसमा ५५ प्रतिशत अन्तःशुल्क लगाउँदा इलेक्ट्रिक माइक्रोबसमा समेत जम्मा १ प्रतिशत मात्रै अन्तःशुल्क लाग्ने गरेको छ ।
यो पनी पढ्नुस्ः अटो फ्याक्टस्ः यस्तो छ सडक निर्माण बजेट, एक्स्प्रेस हाईवेदेखि सुरुङसम्म
इन्धनको प्रयोग हुने दुईपाङ्ग्रे सवारी अर्थात बाइक मोटरसाइकलमा ४० देखि १०० प्रतिशत अन्तःशुल्क लिइने व्यवस्था छ भने, इलेक्ट्रीक मोटरसाइकलमा जम्मा १० प्रतिशत मात्रै अन्तःशुल्क लाग्ने ब्यवस्था रहेको छ ।
यो पनी पढ्नुस्ः इन्धनको मूल्य ११ महिनामा १४ पटक परिवर्तन हुँदा कहिले कति बढ्यो ?
इन्धन प्रयोग हुने रिक्सा लगायतका तीन पाङ्ग्रेमा ५५ प्रतिशत अन्तशुल्क लाग्ने छ, इलेक्ट्रीक रिक्सामा १० प्रतिशत मात्रै अन्तशुल्क लाग्छ । इलेक्ट्रीक कारमा जम्मा १० प्रतिशत अन्तःशुल्क लाग्ने ब्यवस्था छ । तर, ग्यासोलिन कारमा सीसी क्षमताका आधारमा ६० देखि १०० प्रतिशत अन्तशुःल्क लाग्ने गरेको छ ।
यो स्तम्भ फ्याक्ट्स नेपाल र मेरोअटो डटकमको सहकार्यमा तयार परिएको हो । हरेक बुधबार मेरोअटोमा प्रकाशन हुने छ ।