संसारकै सस्तो इलेक्ट्रीक कार बन्दै नियो, २०० किमि माइलेज, १४० को रफ्तार

काठमाडौं । २०१८ दिल्ली मोटर-शोमा सार्वजनिक गरिएको टाटा मोटर्स र जयम अटोमोटिभको सहकार्यमा निर्माण भएको ‘जयम नियो’ अब तयार भएको छ ।

उक्त इलेक्ट्रीक कारको सुरुवाति ४०० युनिटलाई ओला क्यावले प्रयोग गर्ने भएको छ । टाटा नानोको प्लेटफर्ममा निर्माण भएको जयम नियोमा टाटा मोटर्स र जयम अटोमोटिभले संयुक्तरुपमा लगानी गरेका हुन् ।

यी दुई कम्पनीबीचको सहकार्यअनुरुप टाटा मोटर्सले नानाको बडीलाई इलेक्ट्रीकमा परिवर्तन गरिएको छ । नियो अब टाटाको ब्रान्ड वा लोगोमा आउने छैन । यसलाई कम्पनीले जयमको ब्रान्ड र नियोको लोगोमा बजारमा ल्याउनेछ ।

मोटर र पावर

नानोको बडीमा जयम अटोमोटिभले ४० भोल्टको इलेक्ट्रीक मोटर लगाएर नयाँ कार उत्पादन सुरु गरेको हो । यसले २३ बीएचपी पावर उत्पादन गर्छ । यसले एकपटकको पूmलचार्जमा २०० किलो मिटर माइलेज दिनेछ । साथै, टाटाले ल्याउँदै गरेको टिगोर र टियागो इलेक्ट्रीकमा समेत यही सोर्सको प्रयोग गर्ने जनाएको छ ।

फिचर र मूल्य

करिब ७६५ किलोग्राम तौल रहने यो कारमा ४ जनाले आरामदायी यात्रा गर्न सक्नेछन् । टप स्पीड १४० किलोमिटर प्रतिघन्टा रहने यो कारमा एयरकन्डिसनलगायतका सुविधा रहनेछ ।

कम्पनीले अहिलेसम्म आधिकारीकरुपमा यसको मूल्य घोषणा गरेको छैन । तर, विभिन्न सूत्रहरूकाअनुसार यसको मूल्य भारतीय बजारमा करिब नेपाली ८ लाख रुपैयाँको हाराहारीमा पर्ने अनुमान लगाइएको छ ।

यदि यही मूल्यमा यो कार बजारमा आउने हो भने यो संसारकै सस्तो इलेक्ट्रीक कार बन्ने चर्चा अटोमोवाइल उत्पादकहरूको बीचमा चल्ने गरेको छ ।


Back_to_top