काठमाडौं । यात्राको क्रममा बीच बाटोमा मोटरसाइकलको क्लच बिग्रियो भने के गर्ने भनेर चिन्ता हुने गर्छ । बाइक धकेलेर वर्कशप खोज्दै हिँड्नुपर्ने अवस्था आउछ । यस्तोमा चालकलाइ हैरानी हुने गर्छ, क्लचविना पनि बाइक चलाउन सकिन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । आज हामी केहि यस्ता टिप्स तपाईलाई दिदैछौं जसले तपाईलाई फाइदा हुन्छ ।
खुला स्थान
यात्रा गर्दागर्दै बाइकको क्लच बिग्रिएको अवस्थामा बाइकलाई सडकको बायाँ किनारमा लग्नुस् । बाइकलाई न्यूटलमा राख्नुहोस् । अब बाइकमा राम्रोसँग बसेर बाइकको ह्यान्डललाई बलियो गरी समाउनुहोस् र स्र्टाट गर्नुहोस् । अब स्टार्ट गरिसकेपछि ध्यानपूर्वक एक गियरमा राख्नुहोस् । याद गर्नुहोस्, तपाईंको क्लच बिग्रिएको छ । खुल्ला स्थानमा बाइकलाई यसकारण राख्नुस् कि विना क्लच बाइकमा गियरमा राख्दा अगाडि हुत्तिन सक्ने हुन्छ ।
एक्सलेरेटर
जब क्लचले काम गर्दैन, त्यतिबेला एक्सलेरेटरमा निकै ध्यान पुर्याउनुपर्ने हुन्छ । विना क्लच बाइकलाई गियरमा राख्दा स्टार्ट बन्द हुने सम्भावना धेरै हुन्छ । यदि तपाईंले एकैसाथ एक्सलेरेटर पनि विस्तारै बढाउनु भएन भने स्टार्ट बन्द हुन्छ ।
स्पीड
क्लच बिग्रिएको अवस्थामा बाइक सामान्य गतिमा मात्र चलाउनुपर्छ । बाइकलाई २५ देखि ३० को गतिभन्दा माथि नचलाउनुहोस् ताकि रोक्नुपर्ने अवस्थामा स्पीड कन्ट्रोलमा राख्न सकियोस् ।
भीडभाड/ज्यादा ट्राफिक
भीडभाड तथा ज्यादा ट्राफिक भएको स्थानतिर बाइक नचलाउनुहोस् । गियर चेञ्ज धेरै गर्नुपर्ने यस्तो स्थानमा बाइक चलाउँदा अत्याधिक मात्रामा क्लचको पनि प्रयोग गर्नुपर्ने हुन्छ ।
यसरी तपाईले आफ्नो नजिक रहेको वर्कशपसम्म वाइकलाई पुर्याउन सक्नु हुन्छ ।

