जसले गुमाए बिहिबार २ मिनेटमै १.१ अर्ब डलर

इलन मस्कको नाम पछिल्लो २४ घन्टामा सबैभन्दा बढि चर्चामा आएको छ । अटो कम्पनी टेस्लाका सिइओ मस्कले २ मिनेटमा १.१ अर्ब डलरको घाटा बेहोर्नु परेको छ । 

बिहिबार जब न्यूयोर्कमा सेयर बजार खुल्यो तब त्यसको २ मिनेट भित्र टेस्लाको शेयर ११ प्रतिशतसम्म झरेको थियो । यसको सबैभन्दा ठूलो झट्का इलन मस्कलाई परेको छ । उनले २ मिनेटमा नै १.१ अर्ब डलर गुमाएका थिए ।

१.१ अर्ब डलर घाटा पछि कति छ नेटवर्थ

टेस्लाको सेयर ११ प्रतिशतले झरेको छ त्यसपछि इलन मस्कलाई १.१ अर्ब डलरको घाटा भएको हो । यस्तो अवस्थामा एलन मस्कको नेटवर्थ २३.४ अर्वबाट घटेर २२.३ अर्ब डलरमा झरेको हो । 

कारहरुको विक्रीमा भएको भारी गिरावटः

मार्च २०१९ सकिए लगतै टेस्लाको डेलिभरीमा भारी गिरावट आएको छ । कम्पनीका अनुसार गत आर्थिक वर्ष २०१८–१९ को चौथो क्वाटरमा टेस्लाले ६३ हजार गाडी विक्री गरेको थियो । 

त्यस्तै पछिल्लो आर्थिक वर्षमा अन्तिममा कम्पनीको ९० हजार ९६६ कारहरु विक्री भएको थियो । 

ब्लूमबर्गको रिपोर्ट अनुसार इलन मस्कको नेटवर्थ करिब १० अर्ब डलर टेस्लामा र १३ अर्ब डलर ‘रकेट बिजनेस स्पेस एक्सप्लोरेशन टेक्नोलोजी कर्प’ मा भएको अनुमान गरिएको छ । 


Back_to_top