होन्डाले भारतीय बजारमा होन्डा ६जी सार्वजनकि गर्ने तयारी गरेको छ । कम्पनीले आगामी फेस्टिभ सिजनमा आकर्षक विशेषतासंगै सुन्दर डिजाइनमा निर्माण भएको एस मोडल सार्वजनिक गर्ने भएको हो । यसमा ट्वीक हेडल्याम्पसंगै एलइडी लाइट, आकर्षक बडी प्यानल, फ्रन्ट फेन्डर, ह्यान्डल बार र स्विच गियर लगायतका विशेषता दिइएको छ ।
स्कुटरमा इन्स्ट्रुमेन्ट क्लस्टर, डिजीटल स्क्रिन, ओडोमिटर, फ्युल ग्याज, ट्रिप मिटर, टेल ल्याम्प लगाइएको छ । टेलिस्कोपिक फर्क, स्प्रिंग लोडेड हाइड्रालिक टाइप सस्पेन्सन, आलोय ह्वील टपस्पेक मोडल दिइएको छ । यसमा ९० वाइ १०० सेक्सनको १० इन्चको ह्वील लगाइएको छ ।
यसमा १०९ सीसी सिंगल सिलिन्डर इन्जिन ७५ सय आरपीएममा ८ बीएचपी पावरका साथै ५५ सय आरपीएममा ९ एनएम टर्क उत्पादन गर्छ । यसमा अटामेटिक ट्रान्समिसन दिइएको छ । यसले टीभीएस ज्युपिटरसँग प्रतिस्पर्धा गर्नेछ ।

