काठमाडौं । होन्डाले विग बाइक सेग्मेन्ट अन्तर्गत विक्री गर्दै आएको मोटरसाइकलहरुमा पनि फाइनान्स सुविधा उपलब्ध गराउँदै आएको छ । कम्पनीले विग बाइक सेग्मेन्टमा १४ प्रतिशत ब्याजमा कर्जा सुविधा उपलब्ध गराएको हो ।
जापानी मोटरसाइकल निर्माता कम्पनी होन्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङले आफ्नै हायर पर्चेज कम्पनीबाट फाइनान्स सुविधा दिँदै आएको छ । कम्पनीले लक डाउनको समयमा १ रुपैयाँ डाउन पेमेन्ट तथा १ प्रतिशत ब्याजदरमा मोटरसाइकल उपलब्ध गराएको थियो ।
होन्डाले अघिल्लो वर्ष नेपाल ल्याएको चर्चित मोटरसाइकल हाइनेस सिबी ३५० निकै सफल हुँदै गएको छ । प्रिमियम र क्लासिक डिजाइनमा तयार भएको यो मोटरसाइकल किस्तामा लिने ग्राहकले ५० प्रतिशत फाइनान्स सुविधा पाउने छन् ।
स्याकार ट्रेडिङले होन्डा हाइनेस सिबी ३५० को मूल्य ७ लाख ७५ हजार रुपैयाँ कायम गरेर विक्री गर्दै आएको छ । फाइनान्स सुविधामा हाइनेस सिबी ३५० खरिद गर्दा ग्राहकले ३ लाख ८७ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्छ ।
मूल्यको ५० प्रतिशत रकम कर्जा सुविधा पाउने भएकोले ३ लाख ८७ हजार ५०० रुपैयाँ नै कर्जा लिनु पर्छ । कर्जा वापतको रकम ग्राहकले २ वर्षको मासिक किस्तामा तिर्नु पर्ने हुन्छ । यो फाइनान्स स्कीम अन्तर्गत ग्राहकले ३ लाख ८७ हजार ५०० रुपैयाँको १४ प्रतिशत ब्याज तिर्नु पर्छ ।
२४ महिनाको मासिक किस्ता हेर्नका लागि यहाँ क्लिक गर्नुहोस् ।
यो मोटरसाइकल खरिद गर्दा कम्पनीले हेलमेट निःशुल्क उपलब्ध गराउने जनाएको छ, भने १ वर्षको सवारी साधन कर ग्राहकले छुट प्राप्त गर्नेछन् ।
यस्तो छ मोटरसाइकल
सिबी हाइनेस ३५० मा ३४८.४ सीसी क्षमताको, एयर कुल्ड, बीएस–६ एफआई इन्जिन रहेको छ । यो इन्जिनले ५५०० आरपीएमा २०.७८ बीएच पावर तथा ३३०० आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
मोटरसाइकलमा रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू इम्पीटी सूचित गर्ने डिजिटल कन्सोल, रिङ्ग टाइप विंकर सहितको एलइडी हेडल्याम्प र टेलल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच, डिजिटल मिटर उपलब्ध रहेका छन् ।


