विद्युतीय गाडीलाई ‘जिरो इमिशन’ भन्न प्रतिबन्ध !

काठमाडौं । बेलायती एड्भटाइजिङ वाचडगले इलेक्ट्रीक भेहिकललाई ‘जिरो इमिशन’ भन्न रोक लगाएको छ । अब वेलायतमा कुनै पनि ईभी ब्राण्डले आफ्नो विज्ञापनमा जिरो इमिशन लेख्न र भन्न पाउने छैनन् ।

वाचडगले ईभी बनाउँदा र चार्ज गर्दा पनि कार्वनडाइ अक्साइड उत्सर्जन हुने भएकोले विद्युतीय गाडीहरु जिरो इमिशन होइन भनेर निर्णय लिएको हो । यसको विवाद बीएमडब्लूले गुगल सर्चमा ‘रेन्ज अफ ईभी’मा आफूलाई जीरो इमिशन कार भनेर वर्णन गरेकोबाट रेगुलेटरको आँखा परेको बताइन्छ ।

इलेक्ट्रीक भेहिकलले पेट्रोल डिजेल कारको जस्तो टेलपाइपबाट प्रदुषण उत्सर्जन नगरेपनि कार उत्पादन गर्ने क्रममा र चार्ज गर्ने क्रममा भने प्रदुषण गर्ने वाचडगले उल्लेख गरेको छ ।

ईभीहरुले आफूलाई जीरो इमिशन भनेर प्रचार गर्दा आम जनमानसमा असत्य समाचार गएको उसको दावी छ । बेलायतमा बिजुली उत्पादमा धेरै मात्रामा ग्यासको प्रयोग हुने गरेको छ । जसले कार्वनडाइ अक्साइड धेरै मात्रामा उत्सर्जन हुन्छ ।

एउटा ईभी उत्पादन भएर बजारमा आइपुग्दा नै करिब ८ टन कार्बनडाइ अक्साइड उत्पादन हुने गरेको तथ्य बाहिर आएको छ । एक अध्ययन अनुसार ब्याट्री बनाउने मेटेरियल उत्खनन् गर्दा १.४ टन, ब्याट्री एसेम्बल गर्दा १.२ टन र भेहिकल उत्पादन गर्दा ५.४ टन कार्बनडाइ अक्साइड उत्पादन हुने गरेको हो ।

यो अंक परम्परागत आइसी कार उत्पादन गर्दा भन्दा पनि धेरै पाइएको हो । इन्टरनल कम्बस्चर उत्पादन गर्दा करिब ६ टन कार्बनडाई अक्साइड उत्पादन हुने गरेको छ ।

तर, एउटा ईभीले आफ्नो पुरै जीवनमा भने जम्मा ११.७ टन कार्बनडाई अक्साइड मात्र उत्पादन गर्छ, जबकी एउटा पेट्रोलियम पदार्थबाट चल्ने कारले ३५.९ टन उत्सर्जन गर्छ ।


Back_to_top