उपत्यकामा ५० वटा इलेक्ट्रीक ट्याक्सी संचालनमा आउने

काठमाडौं । सुन्दर यातायात प्रालिले उपत्यकामा ५० वटा इलेक्ट्रीक ट्याक्सी संचालनमा ल्याउने जनाएको छ । कम्पनीले आजबाट संचलनमा ल्याएको इलेक्ट्रीक बसको उद्घाटन सत्रमा बोल्दै कम्पनीका संचालक भेषबहादुर थापाले उक्त कुराको जानकारी दिएका हुन् ।

सुन्दर यातायातले इलेक्ट्रीक सवारीसाधन प्रति जनताको आकर्षण रहेकाले चाँडै काठमाडौंमा इलेक्ट्रीक ट्याक्सी संचालनमा ल्याउन लागेको जानकारी दिएको हो ।

‘वातावरणीय हिसावले उत्कृष्ट इलेक्ट्रीक ट्याक्सी उपत्यकामा चलाउने लक्ष्यकासाथ हामीले इलेक्ट्रीक ट्याक्सी ल्याउन लागेका हौँ’ कार्यक्रममा थापाले भने ।

अहिले उपत्यकामा संचालनमा रहेका ट्याक्सी सानो र वातावरणीय हिसावले पनि कमजोर रहेकाले सरकारले ट्याक्सीको नयाँ मापदन्ड निर्धाण गर्ने तयारी भइरहेको समयमा सुन्दर यातायातले इलेक्ट्रीक ट्याक्सी संचालनमा ल्याउने कुरा बाहिर ल्याउनु निकै राम्रो काम हुने सरोकारवाला निकायको भनाई रहेको छ । 

विश्वका धेरै शहरमा इलेक्ट्रीक ट्याक्सीको सुरुवात भइसकेकाले नेपालले पनि भ्रमण वर्षको रुपमा सन् २०२० लाई मनाउन गइरहेको हुँदा इलेक्ट्रीक ट्याक्सी निकै राम्रो हुने सम्भावना रहेको छ । 


Back_to_top