विश्व चर्चित कम्पनीको ईभीमा आगलागीको जोखिम बढेपछि ‘रिकल’

काठमाडौं । सुरक्षीत सवारी साधन उत्पादनको लागि चर्चित कम्पनी भोल्भोले आफ्नो इएक्स-३० एसयूभी ‘रिकल’ गरेको छ । कम्पनीले ब्याट्रीमा आगलागी हुनसक्ने जोखिम देखिएको भन्दा रिकल गरेको हो ।

चिनियाँ अटोमोबाइल ग्रुप जिलीको स्वामित्वमा रहेको भोल्भो इएक्स-३० मा दिइएको ब्याट्री अत्याधिक तात्ने समस्या आएसँगै ४० हजार युनिट समस्या समाधान गर्न फिर्ता बोलाएको हो । भोल्भोको यो निर्णयले कम्पनी सुरक्षामा कति संबेदनशिल छ भन्ने कुरालाई थप पुस्टी गर्छ ।

भोल्भोले इएक्स-३० मा जिलीको स्वामित्वमा नै रहेको शान्डोङ जिली सुनवाडा पावर कम्पनीले उत्पादन गरेको हो । सन् २०२५ नोभेम्बर २०२५ मा ब्राजिलको मासेइओमा रहेको एक डिलरमा इएक्स-३० एसयूभीमा आगलागी भएको थियो । उक्त घटना छानबिन गर्दै जाँदा थप गाडीमा समस्या हुनसक्ने आधारमा रिकल गरिएको हो ।

कम्पनीको अध्ययनले ब्याट्रीको मोड्युलनै परिवर्तन गर्नु पर्ने भएको हो । नेपाली बजारमा अहिलेसम्म भोल्भोका एसयूभी उपलब्ध छैन ।


Back_to_top