एक्साइड व्याट्रीमा ‘क्यास ब्याक अफर’

काठमाडौं । नेपालको लागि एक्साइड व्याट्रीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्गले चाडपर्वको अवसरमा एक्साइड ‘क्यास ब्याक अफर’ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकहरुले एक्साइड ब्याट्रीसँग जुनसुकै ब्राण्डका व्याट्रीहरु साटेर क्यास ब्याक पाउन सक्ने छन् ।

यस योजनामा हरेक महिना १२ जना भाग्यशाली ग्राहकहरुले २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म नगद फिर्ता पाउन सक्नुहुनेछ । यो योजना एक्साइडका अटोमोटिभ, इन्भर्टर, सोलार र मोटरसाइकलको व्याट्रीहरुमा सिमित अवधिको लागि मात्र लागु हुनेछ ।

यो अफरको लागि ग्राहकहरुले एक्साइड व्याट्रीको नेपालभर रहेका डिलरहरु मार्फत पुरानो व्याट्रीको मुल्याङ्कन गराई नयाँ व्याट्रीसँग एक्सचेन्ज गर्न सक्नेछन् । साथै, अफर अबधिभर एक्साइड व्याट्रीहरु एक्सचेन्ज गर्ने सबै ग्राहकले शियोर शट गिफ्ट प्राप्त गर्ने छन् ।


Back_to_top