विलाशी कार चढ्ने चाहना सबैको हुन्छ । विलाशी कार महंगो हुने हुनाले सबैका लागि त्यो अवसर प्राप्त नहुन सक्छन् । करोडौंको कार खरिद गरेपनि त्यसको चाबी सामान्य खालको नै हुन्छ ।
तर यहाँ करोडौंका कारमा साँचो पनि करोडौंकै प्रयोग हुने गरेका छन् । एउटा चाबीको मूल्यमा १५ वटासम्म मारुती भिटारा ब्रेजा खरिद गर्न सकिन्छ ।
यस्तो महंगो साँचो बनाउने कम्पनी हो अवानी । यस कम्पनीले विश्वका ठूला तथा चर्चित विलाशी कारको साँचो बनाउँदै आएको छ । अवानीले एस्टोन मार्टिन, बेन्टले, बुगाटी, म्याकलरेन, मर्सिडिज बेन्ज, रोल्स रोयस, पोस्र्चलगायतका कारको लागी साँचो बनाउँदै आएको छ ।
यी कारहरुका साँचोमा मूल्यवान धातूहरु प्रयोग गरेर बनाउने गरिएको छ । अवानीले रोल्स रोयस फेन्टम कारका लागि बनाएको साँचोको मूल्य ६ करोड २० लाख रुपैयाँ लिएको थियो । उक्त साँचोमा विभिन्न महंगा पत्थरसहित ३४.५ क्यारेट हिरा १७५ ग्राम राखिएको छ । उपभोक्ताले चाहे अनुसार अवानीले चाबीको रंगसमेत बनाइदिने गरेको छ ।
अवानीले साँचोको क्रिएटिभिटी कायम गर्न कुनै सम्झौता नगर्ने जनाएको छ । कम्पनीले फेन्टमका लागि सस्तो चाबीसमेत बनाएको थियो । यो चाबीमा अवानीले २० क्यारेटको १७५ ग्राम हिरा प्रयोग गरेर बनाएको थियो जसको मूल्य करिब ९ लाख रुपैयाँ थियो ।
अवानीले अर्को चाबी बनाएको छ, जसको नाम क्वान्टम राखेको छ । यसको मूल्य ५२ लाख रुपैयाँ हाराहारी रहेको छ । यसमा ३.६ क्यारेटको १७५ ग्राम हिरा प्रयोग गरिएको छ । कम्पनीले क्वान्ट चाबी केवल २० वटामात्र बनाएको छ ।


