रेनोले आफ्नो चर्चित एसयूभी डस्टरको बिक्री २०१२ बाट सुरु गरेको थियो । भारतीय बजारमा रेनो डस्टरले कम्प्याक एसयूभी सेग्मेन्ट अन्तर्गत नयाँ बेन्चमार्क स्थापना गर्न सफल भयो । अब भने रेनोले डस्टरको थर्ड जेनेरेशन मोडल ल्याउने तयारी गरेको छ ।
कम्पनीले सेकेन्ड जेनेरेशनको डाइका डस्टर भारतीय बजारमा नल्याउने निर्णय गर्दै उक्त कारको सट्टा डस्टरकै थर्ड जेनेरेसन भर्सन ल्याउने तयारी गरेको हो ।
डस्टरको परिमार्जित संस्करणलाई आकर्षक स्वरुपसँगै, एक्सटेरियर तथा इन्टेरियरमा नयाँ विशेषता थप गरिने कम्पनीले जनाएको छ । डस्टर नयाँ क्र्श नम्र्स अनुसार निर्माण हुनेछ । यसअघि २०१४ मा परिमार्जित भएको मोडलमा नयाँ टचस्क्रिन इन्फोटेनमेन्ट सेटअप जस्ता विशेषता दिइएको थियो । २०१५ मा डस्टर फोर ह्वील ड्राइभ सिस्टमसहित बजारमा आएको थियो ।
थर्ड जेनेरेशन मोडलमा न्यु ग्रिल, हेडल्याम्प, टेललाइट, बम्परलगायत परिवर्तन हुने छन् । इन्डिया स्पेक डिजेल इन्जिनयुक्त डस्टर अटोमेटिक अप्शनमा आउने कम्पनीले जनाएको छ ।
नयाँ डस्टर तीन इन्जिन अप्सनमा आउने कम्पनीले जनाएको छ । यसमा उपलब्ध १.५ डिजेल इन्जिनले १०८ बीएचपी पावर उत्पादन गर्छ । यसमा ६ स्पीड म्यानुअल ट्रान्समिसन लगाइएको छ । यस्तै, १.५ लिटर पेट्रोल इन्जिनले १०४ बीएचपी पावरका उत्पादन गर्छ । यसमा पाँच म्यानुअल ट्रान्समिसनसँगै ६ स्पीड सिभीटी दिइएको छ । थर्ड जेनेरेशन डस्टरले हुन्डाई क्रेटा, निशान किक, महिन्द्रा स्कर्पियोसंग प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ ।
नेपाली बजारमा सन् २०१६ देखि बिक्री वितरण हुँदै आएको डस्टर निकै राम्रो संख्यामा सडकमा गुडिरहेको छ ।

