फियाट क्रिस्लर अटोमोवाइल कम्पनीले पोचुर्गिज स्टार फुवलर क्रिस्टियानो रोनाल्डोलाई १३ करोड डलर ( करिब १४ अर्ब नेपाली रुपैयाँ) भन्दा बढी मूल्यमा खरिद गरेसँगै कम्पनीको मालिक र मजदुर बीचमा समस्या उत्पन्न भएको छ ।
कम्पनी संचालक समितिको यो निर्णयको विरोध गर्दै कामदारहरुले फ्याक्ट्री बन्द गर्नेसम्मको कार्यक्रम घोषणा गरेका छन् ।
फियाट क्रिस्लर अटोमोवाइल युनियनले जुभेन्टस् फुटबल क्लवमा रोनाल्डोलाई भारी रकम खर्चेर ल्याएकोमा विरोध गरेको हो । जुभेन्टस् फियात क्रिस्लर अटोमोवाइल कम्पनीको स्वामित्वमा रहेको छ । यो क्लवका मालिक हक एगनेली परिवारले करिब ९० बर्ष अगाडि उक्त क्लव खरिद गरेका थिए ।
किन भयो विरोध ?
युनियन प्रमुख लावोरो प्रिवाटोले रोनोल्डोको लागि कम्पनीले धेरै रकम खर्च गरेको भन्दै आफुहरुले यो बिषय स्विकार नगर्ने जनाएका छन् ।
‘एकातिर कम्पनीका कामदार आर्थिकरुपले नोक्सानीमा रहेको समयमा कम्पनीका मालिक करोडौं डलर खर्चिरहेका छन्’ प्रिवाटोले भने ।
उनिहरुले जुलाई १५ अर्थात् आज राती १० बजेदेखि १७ जुलाई साँझ ६ बजेसम्म कम्पनी हड्ताल गर्ने घोषणा गरेका छन् । प्रिवाटोले यस्तो रकम एकजना खेलाडीमाथि मात्र खर्च नगरेर रोजगारी सृजना हुने र कारको उत्पादन वृद्धि हुने ठाँउमा खर्च गर्नुपर्ने बताए ।
यूनियनले अगाडि भनेको छ सबै कर्मचारी समान हुन् । कसैको तलव यति धेरै कसरी हुन सक्छ । त्यसैले कम्पनीले कार उत्पादनमा नै लगानी बढाउनु पर्ने छ ।
यस्तो छ रोनाल्डोको डिल
१० जुलाइको दिन रियलम्याड्रिड क्लवको अनुमति पछि रोनाल्डो इटलियन क्लव जुभेन्टस्मा अनुबन्ध भएका थिए । उक्त अनुबन्ध रकम करिब १० करोड युरोमा भएको हो । यसका अतिरिक्त क्लवले ४ वर्षमा रोनाल्डोलाई १.२ अर्ब युरो थप दिनुपर्ने छ ।
कम्पनीलाई कस्तो फाइदा ?
फुटवल र बिज्ञापन बजार विज्ञहरुका अनुसार फियाटको ब्रान्ड जिपको लोगो जुभेन्टस्को जर्सिले सिंगारीएको छ । यस्तोमा क्रिस्टियानो रोनाल्डोले यो जर्सिलगाएर फुटवल खेल्दा कम्पनकिो बिज्ञापन बजारमा निकै ठुलो फाइदा हुने अनुमान गरिएको छ ।
साथै, यदी युरोपियन च्याम्पिएन लिगको फाइनलमा जुभेन्टसलाई पुर्याउन रोनाल्डो र टिम सफल भएमा कम्पनीलाई करिब ५ करोड ८३ लाख डलर बराबरको एक्स्पोजर मिल्ने जनाइएको छ ।

