काठमाडौं । हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फेसलिफ्ट क्रेटाको आधिकारीक बिक्री सुरू गरेको छ । कम्पनीले आफ्नो सर्वाधिक सफल मोडललाई विभिन्न ८ भेरियन्टमा बिक्री सुरू गरेको हो ।
कम्पनीले विभिन्न ६ कलर भेरियन्टमा उपलब्ध गराएको फेसलिफ्ट क्रेटा निकै हाइटेक फिचरको साथ बजारमा आएको छ । कम्पनीले पहिलो पटक एडास फिचरसहित क्रेटालाई बजारमा उतारेको हो ।

भारतमा तीन इन्जिन अप्सनमा उपलब्ध क्रेटा नेपालमा भने १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा बिक्री सुरू भएको हो । कम्पनीले १.५ लिटर टर्बो पेट्रोल इन्जिनमा भने क्रेटा उपलब्ध गराएको छैन । कम्पनीले क्रेटाको सुरुवाती भेरियन्टको मूल्य ५५ लाख ९६ हजार रुपैयाँ तोकेको छ ।
यस्तो छ सबै भेरियन्टको मूल्य

नयाँ डिजाइन र लुक्स
फेसलिफ्ट क्रेटाको अगाडिको लुक्स, पछाडिको डिजाइन र इन्टेरियरमा आधुनिक ट्रेन्ड समातेर बनाइएको छ । स्टायन्डर्ड रुपमै ६ एयरब्यागको साथ आएको क्रेटाको अगाडि फेसिया र पछाडिको भागमा ब्यापक परिमार्जन भएको छ ।
अगाडि एल आकारको एलइडी डे टाइम रनिङ लाइट र नयाँ हेडल्याम्पको प्रयोग उत्कृष्ट देखिन्छ । विल्कुलै नयाँ र पृथक रियर लाइटमा यसलाई आकर्षक देख्न सकिन्छ ।

क्रेटामा उपलब्ध एडास फिचर भित्र लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाप्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङ जस्ता चालकलाई सहज बनाउने फिचर छन् ।
यसको ड्यासबोर्ड पूर्णत नयाँ छ भने इन्फोटेनमेन्ट सिस्टम र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पहिलेकोभन्दा निकै आकर्षक छ । यसमा दुबै स्कृन समान १०.२५ इन्चका छन् ।

