काठमाडौं । समान्यतया दैनिक ५० किलोमिटर हाराहारी स्कुटरमा यात्रा गर्नुपर्ने मानिसले झण्डै ६ हजार रुपैयाँ पेट्रोलमा खर्च गर्नु पर्ने हुन्छ । तर, त्योभन्दा पनि कम मासिक ५ हजार ७३० रुपैयाँ किस्तामा याडिया जी-५ स्कुटर किन्न पाइने भएको हो ।
याडिया इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कुजु नेपालले सरल इएमआई योजना ल्याएको छ । कम्पनीले ल्याएको योजना अनुसार ग्राहकले क्रेडिट कार्ड बिनानै याडिया जी-५ इलेक्ट्रीक स्कुटर मासिक किस्तामा किन्न सक्नेछन् ।
कम्पनीका अनुसार याडिया जी-५ स्कुटर खरिद गर्दा ५० प्रतिशत डाउन पेमेन्ट गरेर बाँकी रकम २ वर्षको लागि कर्जा सुविधा पाउने छन् । दुई वर्षसम्म ग्राहकले ब्याज पनि तिर्नु नपर्ने कम्पनीको भनाइ छ ।
याडिया जी-५ को मूल्य २ लाख ७५ हजार रुपैयाँ रहेको छ । त्यसको ५० प्रतिशतले हुन आउने १ लाख ३७ हजार ५०० रुपैयाँ डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । बाँकी १ लाख ३७ हजार ५०० रुपैयाँ २४ महिनाको किस्ता तिर्ने सुविधा पाउन सकिन्छ ।
यस्तो छ याडिया जी-५
याडिया जी-५ स्कुटरमा जीटीआर ३.० ब्रोडव्याण्ड मोटर प्रयोग गरिएको छ । यसमा २.३ किलोवाट क्षमताको मोटर उपलब्ध छ । यसको टप स्पीड ६० किलोमिटर प्रतिघन्टा छ ।
जी-५ मा ६० भोल्ट, ३२ एम्पीयरको लिथियम आयोन ब्याट्री प्याक उपलब्ध छ । यसालाई फुल चार्ज गर्न ६ घन्टा समय लाग्छ । यसले एक पटकको फुल चार्जमा ८० किलोमिटर रेञ्ज प्रदान गर्छ
याडिया जी-५मा ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर छ । त्यस्तै, १२ इन्चको ट्युवलेस टायर, दुबै चक्कामा डिस्क ब्रेक र सबै प्रकारका लाइहरु एलइडी प्रयोग गरिएको छ । यसमा २६ लिटरको स्टोरेज पाउन सकिन्छ ।

