सिंगापुरको मोटरसाइकल ब्राण्ड नेपालमा, मिनी स्काम्लरकाे यस्तो छ मूल्य र विशेषता

काठमाडौं । नेपाली बजारमा विभिन्न नयाँ ब्राण्ड तथा नयाँ मोडलका मोटरसाइकल भित्रने क्रम जारी छ । पछिल्लो २ बर्षमा करिब १० नयाँ ब्राण्ड नेपाली बजारमा भित्रिसकेका छन् । ती मध्य कति ब्राण्डले राम्रै व्यापार पनि गरिरहेको छन् ।

पछिल्लो समय नेपाली बजारमा स्काम्लर मोटरसाइल समेत भित्रिदै आएको छ । स्कोमादी १५०/२५०, बेनेली लियोन्सीनो जस्ता मोटरसाइकल भित्रिएका हुन् । यससँगै नयाँ ब्राण्ड एफकेएमले नेपालमा बिक्री सुर गर्ने तयारी थालेको छ ।

विभिन्न तीन नयाँ मोडलका मोटरसाइकल सहित नेपाली बजारमा प्रबेश गर्ने तयारी गरेको कम्पनीले मिनी स्काम्लर मोटरसाइकल समेत बिक्री गर्ने तयारी गरेको हो ।

सिंगापुरको ब्राण्ड एमकेएमलाई नेपाली बजारमा आभाष ट्रेडर एण्ड सप्लायर्सले भित्र्याएको हो । यो कम्पनीले हाल प्रदेश १ लाई आधार बनाएर काम गरिरहेको तथा निकट भबिष्यमा नै नेपालभर यसको बिस्तार गर्ने कम्पनीका सञ्चालक आशिष कार्कीले मेरोअटोलाई बताए ।

कम्पनीले आफ्नो मिनी स्काम्लर मोटरसाइकल दुई भेरियन्टमा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले १२५ सीसी र १५० सीसीमा सार्वजनिक हुने मिनी स्काम्लरको बुकिङ खुल्ला गरेको छ ।

यस्तो छ एफकेएम मिनी स्काम्लर

एफकेएम मिनी स्काम्लर १२५ र १५० सीसी दुई भेरियन्टमा उपलब्ध रहेको छ । १२५ सिगंल सिलिन्डर एयर कूल्ड एफआई इन्जिन रहेको मोटरसाइलको इन्जिनले १०.६ हर्सपावर तथा ९.६ एनएम टर्क जेनेरेट गर्छ ।

यस्तै १५० सीसी सिगंल सिलिन्डर एयर कूल्ड एफआई इन्जिनले १२.७ हर्सपावर तथा १३.३ एनएम टर्क जेनेरेट गर्छ । यी दुबै भेरियन्टमा एलइडी लाइट, डिजिटल कन्सोल, अनरोड तथा अफरोड ह्वील, दुवै ह्वीलमा डिस्क ब्रेक तथा कि लेस स्टार्ट सिस्टम जस्ता फिचर रहेका छन् ।

यसमा लेदर सिट, ५ लिटर फ्यूल ट्याङक, इन्जिन किल स्वीच, सेल्फ स्टार्ट जस्ता अन्य फिचर रहेको छ । यो मोटरसाइकल नेपालभरबाट बुकिङ गर्न सकिने र सुरुवाति मूल्य २ लाख ८० हजार तोकिएको कम्पनीले जनाएको छ ।


Back_to_top