फोर्डको एस्पायर टाइटानियम ब्लू सार्वजनिक हुँदै, के छ नयाँ ?

फोर्ड मोटरले एस्पायर टाइटानियम ब्लू भारतमा सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । एस्पायर टाइटानियम ब्लूको फ्रन्ट बम्पर ब्लू बनाइएको छ । यो कार भारतका डिलरहरुमा पुगि सकेको जनाइएको छ । 

यो कारमा १५ इन्च ब्ल्याक अलोय ह्वील तथा ब्ल्याक रुफसमेत रहेको छ । गाडीको इन्टेरियरमा ब्ल्याक ड्यासबोर्ड, ब्लू लोगो, लेदर र्याप स्टेरिङ ह्वील, जस्ता विशेषता रहेका छन् । त्यस्तै यो कारमा ६ वटा एयरब्याग, ७ इन्च टचस्क्रिन सहितको एप्पल कारप्ले र एन्ड्रोइड अटो सपार्ट गर्ने इन्फोटेनमेन्ट सिस्टम रहेको छ । 

फिगो एस्पायर टाइटानियम ब्लू दुई इन्जिन अप्सनमा उपलब्ध रहेको छ । १.२ लिटर ३ सिलिन्डर पेट्रोल इन्जिनले ९६ पीएस र १२० एनएम टर्क दिन्छ भने १.५ लिटर डिजेल इन्जिनले १०० पीएस पावर र २१५ एनएम टर्क दिन्छ । पेट्रोल इन्जिनले २०.४ किलोमिटर प्रतिलिटर र डिजेल इन्जिनले २६.१ किलोमिटर प्रतिलिटर माइलेज दिने दाबी कम्पनीको छ । 

दुबै इन्जिन अप्सनमा स्ट्यान्डर्ड ५ स्पीड म्यानुअल ट्रान्समिसन रहेको छ । फोर्ड एस्पायर टाइटानियम ब्लू पेट्रोलको ७ लाख ७० हजार र डिजेलको ८ लाख ५० हजार भारु भन्दा बढी मूल्य कायम हुने अनुमान गरिएको छ । 


Back_to_top