फोर्डको नयाँ इलेक्ट्रीक एसयूभी ‘एक्सप्लोरर्’, यस्ता रहन्छन् फिचर

काठमाडौं । अमेरिकी अटोमोवाइल कम्पनी फोर्डले अमेरिकी बजारमा विक्री गरिरहेको एसयूभी ‘एक्सप्लोरर्’को नामबाटै ब्याट्री इलेक्ट्रीक भेहिकल ल्याउने भएको छ । कम्पनीले युरोपियन बजारलाई मध्यनजर गर्दै फक्सवागेन ग्रुपको एमइबी प्लेटफर्ममा एक्सप्लोरर् ईभी ल्याउने भएको हो ।

मिडसाइज सेग्मेटमा आउने एक्सप्लोरर् ईभीको लम्बाई भने फक्सवागेनको आईडी ४ भन्दा केहि सानो ४५०० एमएमको हुनेछ । कम्पनीले यो एसयूभी जर्मनीको प्लान्टमा उत्पादन गर्ने र सुरुवातमा यूरोपियन मार्केटमा लन्च गर्ने योजना बनाएको छ ।

फोर्डले मस्टाङ म्याकई कार सेग्मेन्टमा र लाइटनिङको नाममा इलेक्ट्रीक पीकअप ट्रक यसअघि नै विक्री सुरु गरिसकेको छ । फोर्डले नयाँ एसयूभीको डिटेल सार्वजनिक नगरेता पनि एक्सप्लोरर् अल ह्वील ड्राइभ र रियर ह्वील ड्राइभ अप्सनमा आउने अनुमान गरिएको छ ।

यसमा १२ वटा अट्रासोनीक सेन्सर, पाँचवटा क्यामरा तथा तीनवटा रडारहरु रहने छ । साथै, ३६० डिग्रि क्यामरा, ५२ किलोवाट आवर र ७७ किलोवाट आवरको फरक दुई ब्याट्री अप्सन पाउन सकिन्छ ।

सिंगल चार्जमा ४२२ किलोमिटर रेन्ज पाइने एसयूभीको अल ह्वील ड्राइभ भेरियन्टमा २५४ किलोवाटको मोटर रहने छ । यसले ३४० हर्सपावर तथा ५४५ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । यो मोडलले जम्मा ६ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको स्पीडमा गुडाउन सकिन्छ ।

त्यसैगरी रियर ह्वील ड्राइभ भेरियन्टमा १२७ किलोवाटको सिंगल मोटर हुनेछ जसले १७० हर्सपावर तथा २८६ न्यूटन मिटरको टर्क जेनेरेट गर्छ ।

 


Back_to_top