काठमाडौं । फोर्डले फ्रिस्टाइलको स्पेसल एडिसन भारतमा सार्वजनिक गरेको छ । क्रसओभर डिजाइनमा उपलब्ध फोर्ड फ्रिस्टाइलको स्पेशल एडिसन ‘फ्लेयर एडिसन’को नामले बजारमा आएको हो ।
क्रसओभर फ्रिस्टाइललाई कम्पनीले रेड र व्ल्याक थिममा बजारमा ल्याएको हो । यसको बाहिरी र भित्री भागमा रेड र व्ल्याक कलर कम्बीनेसन रहेको छ । फ्रिस्टाइल फ्लेयर एडिसन तीन कलर अप्सनमा उपलब्ध रहेको छ ।
यसमा १.२ लिटर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले ९५ बीएच पावर र १२० एनएमको टर्क जेनेरेट गर्छ । साथै, कम्पनीले यसलाई १.५ लिटर डिजेल इन्जिनमा समेत सार्वजनिक गरेको छ ।
कम्पनीले यसमा नयाँ व्ल्याक ग्रे अपहोल्स्टीक दिइएको छ । नयाँ फ्रिस्टाइलमा ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक एसी, रिभर्स पार्किङ क्यामेरा र रिमोट सेन्ट्रल लकिङ जस्ता फिचर दिइएको छ ।
फोर्डको प्राथमिकता सुरक्षामा पर्ने भएकाले यसमा ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता फिचर दिइएको कम्पनीले जनाएको छ ।
नेपालमा पनि फोर्ड फ्रिस्टाइल क्रसओभरको बिक्री वितरण हुँदै आएको छ । यस्तोमा यसको नयाँ स्पेशल एडिसन नेपाल आउने संभावना रहेको छ ।

