फोर्ड फ्रिस्टाइल सार्वजनिक, भारतमा मूल्य ५ लाख ९ हजार, नेपालमा कति पर्ला ?

काठमाडौं । फोर्ड भारतले नयाँक्रस ह्याचब्याक फ्रिस्टाइल आज २६ अप्रिलका दिन दिल्लीमा सार्वजनिक गरेको छ । नयाँ  फ्रिस्टाइल पेट्रोल र डीजल इन्जिनमा उपलब्ध हुनेछ भने, यसको पेट्रोल र डीजलमा ४-४ भेरिएन्ट बजारमा पाइने छ । 

फोर्ड फ्री स्टाइल पेट्रोल मोडेलको मूल्य भारु ५ लाख ९ हजार रुपैयाँदेखि ६ लाख ९४ हजार रुपैयाँसम्म रहेको छ । 

डीजल मोडेलको मूल्य भने ६ लाख ९ हजारदेखि ७ लाख ८९ हजार भारतीय रुपैयाँ तोकिएको छ । 

फ्रिस्टाइलको प्रतिस्पर्धा हुन्डाई आई २० एक्टिव, होंडा डब्ल्यूआर–वी, टोयोटा इटियाँस क्रस, मारुति स्विफ्ट र टाटा नेक्सनजस्ता कारहरुसँग हुने कम्पनीले जनाएको छ । 

यस्ता छन् विशेषता

पेट्रोल भेरिएन्टमा, ड्रयागन परिवारको नयाँ १.२ लिटर ३ सिलिन्डर इन्जिनमा उपलब्ध हुने छ, जसले ९६ पीएसको पावर र १२० एनएम टर्क प्रदान गर्नेछ । यो कारले १९ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ । 

डिजेल भेरिएन्टमा भने एस्पायर र ईकोस्पोर्ट मा दिइएको १.५ लिटर इन्जिन उपलब्ध हुनेछ, जसले १०० पिएस को पावर र २१५एनएमको टर्क उत्पन्न गर्ने छ । यस २४.४ किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीले जनाएको छ । 

सेफ्टीको लागि ६ एयर ब्याग, एन्टी लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक ब्रेक फोर्स डिष्ट्रिब्युसन, ट्रेक्शन नियन्त्रण प्रणाली, रियर भ्यिू क्यामेरा र इमरजेन्सी असिस्टेन्सजस्ता सुविधा पाइने छ । यसबाहेक कारमा ६.५ इन्चटचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, पुस बटन स्टार्ट, कि–लेस ईन्ट्री, अटो हेडल्याम्पस् , रेन–सेन्सिङ वाईपर, १५–ईन्च अलो हुइल दिइएको छ । 

नेपालमा मे १ मा आउने

अबको ५ दिनपछि नेपाली बजारमा सार्वजनिक गर्ने तयारीमा रहेको फ्रिस्टाइलको फिचर र विशेषता, सार्वजनिक भएपनि नेपाली बजारमा मूल्य सार्वजनिक भएको छैन । त्यसको लागि मे १ सम्म कुर्नुपर्ने हुन्छ ।  


Back_to_top