इटलियन एसडब्लुएम बाइक नेपाल आउँदै, यस्ता छन् विशेषता

काठमाडौं । इटालियन उत्पादन एसडब्लुएमका मोटरसाइकल नेपाली बजारमा भित्रने भएको छ । एसडब्लुएम मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा ज्ञान ग्रुपले यी बाइक भित्र्याउन लागेको हो ।

प्रारम्भमा एसडब्लुएमका आरएस ३०० आर, सुपर ढुयल ६५० टी र सिल्भर भेस ४४० का मोडल भित्रिने ज्ञान ग्रुपका डाइरेक्टर दीपेश श्रेष्ठले जानकारी दिए । 

यी बाइकको मूल्य क्रमशः १४ लाख, १८ लाख र १० लाख जति हुने अनुमान गरिएको कम्पनीले जनाएको छ ।

डर्ट, क्रुजर तथा एड्भेन्चर टुरर मोटरसाइकलको रुपमा यी मोटरसाइकलले नेपाली बजारमा अन्य ब्रान्डसँग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ ।

इटालियन कम्पनी एसडब्लुएमले सन् १९७१ देखि मोटरसाइकल उत्पादन थालेको थियो । फरक बनावट र आकर्षक डिजाइनका कारण सो कम्पनीका मोटरसाइकल विश्व बजारमा लोकप्रिय छन् ।


Back_to_top