चढ्ने हो होन्डाको यो स्कुटर ?

काठमाडौं । जापानिज मोटर उत्पादक कम्पनी होन्डाको मोटरसाइकल र स्कुटरमा ठुलो हिस्सा भारतीय बजार रहेको छ । यसमा महंगा मोटसाइकल देखि स्कुटरसम्म रहेका छन । अब होन्डाले यस्तो मोटर बनाउदै छ जस्मा मोटरसाइकल र स्कुटरको संयोजन गरेर तयार पारिएको छ । 

यो स्कुटरमा एकदमै शक्तिशालि इन्जिन साथै हाइटेक प्रबिधीको प्रयोग गरिएको छ । यसलाइ कम्पनीले आकर्षक डिजाइनका साथै एकदमै आरामदायी बनाएको जनाएको छ । 

यस स्कूटर को अवधारणा २००१ मा पेश गरिएको थियो जब कि यसलाइ अक्टोबर २००३ को टोक्यो मोटर शोमा पहिलो पटक प्रदर्शन गरिएको थियो ।

आकर्षक स्वरुप

यो स्कुटर आकर्षक स्वरुपका साथै भिन्न डिजाइनमा प्रस्तुत गरिएको छ, यसलाइ पनि एक बिशेषताको रुपमा लिइएको छ ।

पारर्दशी रुफ (छत)

यसमा परिबर्तनिय रुफ प्रयोग गरिएको छ । जसले गर्दा पारर्दशी बनाइएको भएपनि यसबाट घाम भने छिर्दैन ।

४–सिलेंडर ७–स्ट्रोक ७५० सिसि वाटर–कुल्ड इन्जिन

टाटा न्यानो कारमा भन्दा यो स्कुटर शक्तिशाली साथै वाटर–कुल्ड इन्जिन रहेको छ । टाटा नानो कारमा  ६२४ सिसि पावरको इन्जिन रहेको छ जुन यो स्कुटर भन्दा १२६ सिसि कम हो ।

स्वचालित गियर बक्स

यसमा स्वचालित गियरको प्रयोग गरिएको छ । सामान्यतया सबैजसो स्कुटरमा स्वचालित गियरको प्रयोग गरिन्छ ।

दोहोरो डिस्क ब्रेक 

यो स्कुटरमा अगाडि र पछाडिनै डिस्क ब्रेक प्रयोग गरिएको छ । एजेन्सीको सहयोगमा


Back_to_top