यस्तो छ फोर्डको ६ मोडलका २६ भेरियन्टको मूल्य र दशैं अफर

काठमाडौं । फोर्ड मोटरका उत्पादन नेपाली बजारमा गोल्छा अर्गनाइजेशन अन्तर्गतको जीओ फोर्डले बिक्री गर्दै आएको छ । अहिले फोर्डका बिभिन्न ६ मोडलका २६ भेरियन्ट नेपाली बजारमा बिक्री वितरण भइरहेको छ । 

कम्पनीले नेपाली बजारमा आफ्नो चर्चित सबकम्प्याक्ट एसयूभी इकोस्पोर्ट, ह्याचव्याक कार फिगो, सेडान कार एस्पायर, क्रसओभर कार फ्रिस्टाइल, प्रिमियम एसयूभी इन्डोभर र डबल क्याव पिकअपमा रेञ्जर र र्याप्टर नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले नेपाली बजारमा अहिले २४ लाख ९९ हजारदेखि १ करोड ७५ लाख रुपैयाँसम्मका गाडी बिक्री गर्दै आएको छ । फोर्डको सबैभन्दा सस्तो र इन्ट्रिलेवल कार फिगो हो भने प्रिमियम एसयूभी इन्डोभर हो ।

फोर्ड फिगोको सुरुवाति मूल्य २४ लाख ९९ हजार रुपैयाँ रहेको छ भने इन्डोभरको मूल्य १ करोड ७५ लाख रुपैयाँ रहेको छ । इकोस्पोर्टको विभिन्न ९ भेरियन्ट बिक्री गर्दै आएको कम्पनीले फ्रिस्टाइलको ४ भेरियन्ट बिक्री गर्दै आएको छ ।

फोर्ड फिगो किन्न चाहने ग्राहकले ५ भेरियन्टमा छनोट गर्न सक्ने छन् भने एस्पाएर किन्न चाहनेले ७ अप्सन पाउने छन् । त्यसैगरी इन्डोभर, रेञ्जर पिकअप र र्याप्टर पिकअमा एकएक भेरियन्ट मात्र उपलब्ध रहेको छ । 

कम्पनीले नाडा अटो शोमा इकोस्पोर्टको थन्डर भेरियन्ट सार्वजनिक गरेको थियो जसको मूल्य ४७ लाख ४० हजार रुपैयाँ तोकिएको छ ।

फोर्डको चाडपार्व अफर

कम्पनीले आउँदै गरेको चाडपर्वलाई मध्यनजर गर्दै ‘सिधै क्यास, नो बकवास्’ नामक आकर्षक अफर ल्याएको छ । कम्पनीको यो अफर भदौ १ गतेबाटै लागु भएको हो । 

कम्पनीका अनुसार कार खरिद गर्ने ग्राहकले तीन ओटासम्म स्क्राच कार्ड कोट्याउन पाउने छन् । ग्राहकले प्राप्त गरेको स्क्राच कार्ड मार्फत अधिकतम ३ लाख छुट पाउने कम्पनीले जनाएको छ । क्यास डिस्काउन्टसँगै इन्स्योरेन्समा छुट र लोयलीटी बोनस प्रदान गर्ने योजना कम्पनीले अगाडि ल्याएको हो । 

यो अफर आफ्ना सबै मोडलमा प्रदान गर्ने कम्पनीले जनाएको छ । नेपाली बजारमा फोर्डका इकोस्पर्ट, इन्डेभर, एस्पायर, फ्रि स्टाइल, र्याप्ट, रेञ्जर र फिगो जस्ता मोडल बिक्री वितरण हुँदै आएको छ । 


Back_to_top