काठमाडौं । अमेरिकी अटोमोबाइल्स कम्पनी फोर्डले आफ्नो न्यू इनर्जी भेहिकलमा बीवाइडीको ब्याट्री प्रयोग गर्ने भएको छ । यी दुई कम्पनीको सहकार्यका बिभिन्न रिपोर्ट बाहिर आएपनि आधिकारीक भनाइ भने अहिलेसम्म आएको छैन ।
जनवरी १५ मा वाल स्ट्रीट जर्नलले प्रकाशित गरेको रिपोर्ट अनुसार बीवाइडीसँग फोर्डले ब्याट्री लिन लागेको हो । त्यसको लागि दुबै कम्पनीहरु बीच कुराकानी भइरहेको उल्लेख छ ।
यदि, यी दुई कम्पनीको बीचमा साझेदारी बन्ने हो भने अमेरिकी कार निर्माताले चिनियाँ न्यू इनर्जी जाइन्ट बीवाइडीबाट ब्याट्री लिनेछ । त्यसपछि फोर्डले उत्पादन गर्ने प्योर इलेक्ट्रीक र हाइब्रिड मोडलमा उक्त ब्याट्री प्रयोग हुनेछ ।
अघिल्लो महिना मात्रै प्योर इलेक्ट्रीक कार भन्दा हाइब्रिड टेक्नोलोजीमा आफुलाई केन्द्रित हुने घोषणा गरेको फोर्डले फिनड्रिम्ससँग किन्ने ब्याट्री हाइब्रिडमा प्रयोग गर्न सक्ने बताइएको छ ।
बीवाइडीको फिनड्रिम्सले सन् २०२५ मा चीनबाट २८६ गिगावाट आवर ब्याट्री निर्यात गरेको थियो । जुन २०२४ को तुलनामा ४७ प्रतिशतले धेरै हो । सन् २०२० मा पनि फोर्डले बीवाइडीको ब्याट्री प्रयोग गरेको थियो ।

