काठमाडौं । सुजुकी मोटर्स कर्पोरेसनका पुर्व अध्यक्ष ओसामु सुजुकीको ९४ वर्षको उमेरमा निधन भएको छ । जापानी अटोमोवाइलमा परिचित ओसामु निकै दूरदर्शी ब्यवसायीको रुपमा चिनिन्छन् ।
सुजुकी मोटर्सलाई विश्व बजारमा विस्तार गर्न महत्वपूर्ण भूमिका खेलोका ओसामुकै नेतृत्वकालमा जापानी ब्राण्डले अमेरिकी जनरल मोटर्स र युरोपीयन फक्सवागेन ग्रुपसँग रणनीतिक साझेदारी गर्दै विश्व अटोमोवाइल मन्चमा सुजुकीलाई उभ्याएका थिए ।
भारतमा मारुती सुजुकीलाई आक्रमक बजार बिस्तारमा अग्रसर गराउन सफल उनले साना, मझौला र मुल्यका हिसावले बजेट कार उत्पादनमा आफुलाई केन्द्रित गराएका थिए । परिणाम स्वरुप सुजुकीले अटोमोवाइल क्षेत्रमा ठूलो फड्को मारेको थियो ।
नेपालमा समेत सुजुकीका कार निकै लोकप्रिय छन् । भारतमा ४२ प्रतिशतभन्दा बढी बजार हिस्सा ओगटेको मारुती सुजुकी युरोप र जापानमा पनि निकै लोकप्रिय छ ।
सन् २०२१ सम्म सुजुकीको नेतृत्व गरेका उनले ९१ वर्ष भएपछि पदबाट राजिनामा दिएका थिए । उनले आफ्नो सक्रिय ब्यवसायीक जीवनमा ‘फादर अफ दी मोटरिङ हल अफ फेम हाउस’ जस्तो प्रतिष्ठित अवार्ड जितेका थिए ।