काठमाडौं । नेपाली बजारमा भित्रिएको नयाँ विद्युतीय सवारी साधन (ईभी) ब्राण्ड फरथिङ फ्राइडे खरिदमा २ लाख रुपैयाँ नगद छुट पाइने भएको छ ।
फरथिङ फ्राइडेको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ई-मोबिलिटीले जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो लक्षित गर्दै छुट अफर ल्याएको हो । कम्पनीले फरथिङ फ्राइडे साउन २१ गते सार्वजनिक गरेको थियो ।
कम्पनीका अनुसार बजारमा उपलब्ध फरथिङ फ्राइडेका दुवै भेरियन्ट लक्जरी र एक्सक्लुसिभ २ लाख रुपैयाँ नगद छुट पाइने छ ।
कम्पनीले लक्जरीको मूल्य ५०.९६ लाख रुपैयाँ र एक्सक्लुसिभ भेरियन्टको ५६.९६ लाख रुपैयाँ तोकेको छ । नाइमा अफर अन्तर्गत २ लाख छुटपछि ग्राकहले लक्जरी भेरियन्ट ४८.९६ लाख र एक्सक्लुसिभ भेरियन्ट ५४.९६ लाख रुपैयाँमै पाउने कम्पनीले जनाएको छ ।

नगद छुट बाहेक ग्राहकले एक वर्षको अटोप्लस बीमा सुविधा पाउने छन् ।
९९ किलोवाटको इलेक्ट्रीक मोटर रहेको फ्राइडे ईभीमा ६४.४ किलोवाट आवरको ब्याट्री छ । जसले एकपटकको फुलचार्जम ४०० किलोमिटरभन्दा बढी रेन्ज दिन्छ । उक्त मोटरले अधिकतम १७४ न्यूटन मिटर टर्क प्रदान गर्छ । यसमा रहेको ब्याट्रीले ११ किलोवाटसम्मको एसी र ८० किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्छ ।
फरथिङ फ्राइडेमा मसाज सिट, प्रोजेक्टर हेडल्याम्प, स्पोर्टी स्पोइलर, डिफगर, कनेक्ट एलईडी टेललाइट, हाइमाउन्ट ब्रेक लाइट, रियर पार्किङ सेन्सर र ३६० डिग्री क्यामेरा जस्ता फिचर छन् ।

त्यस्तै, सुरक्षाका लागि ६ वटा एयरब्याग, ब्रेकिङ प्रायोरिटी सिस्टम, अटोमेटिकल्ली बुस्ट ब्रेकिङ, हिल होल्ड, हिल डिसेन्ट कन्ट्रोल, अटो होल्ड, टायर प्रेसर मोनिटरिङ सिस्टम, फ्रन्ट पार्किङ राडारको साथ एडास २.० फिचर छन् ।
नाइमा अटो शोमा फरथिङको स्टल ‘ए ४’ मा रहेको छ ।

