पाँच सयको विजुलीले २३५ किमि चलाउन मिल्ने माइक्रोबस, १४ जना सिटमा बस्न मिल्ने

काठमाडौं । चिनियाँ ब्राण्ड फोटोनको इलेक्ट्रीक भ्यान एमएडब्लु अटो नेपाल आएको दुई महिना भएको छ । फोटोनको आधिकारिक विक्रेता एमएडब्लू वृद्धिले ५०.२३ किलोवाट आवर क्षमताको ब्याट्री भएको इलेक्ट्रीक भ्यान नेपाल ल्याएको हो ।

फोटोनको माइक्रोबस निकै किफायती संचालन खर्च लाग्ने यूरोपियन स्टायडर्डको विद्युतीय सवारीसाधन हो । फोटोनको यो भ्यान विशेषत विद्यालय, होटल र उपत्यका बाहिरका विभिन्न रुटमा सार्वजनिक यातायातका रुपमा संचालनका लागि उपयुक्त रहेको छ ।

७ क्युबीक मिटर कार्गो स्पेश रहेको यो भ्यानले ११५० किलो सामान ओसार पसार गर्न सक्नेछ । यसको डाइमेन्सन हेर्ने हो भने, लम्बाई ५३२० एमएम, चौडाई १६९५ एमएम र उचाई १९९० एमएम पाउन सकिन्छ । त्यस्तै, ह्विलबेस भने ३०५० एमएम दिइएको छ । यसको ह्विल ट्रयाक फ्रन्टमा १४७० एमएम र रियरमा १४६५ एमएम रहेको छ ।

एमएडब्लू वृद्धिका अनुसार आईब्लु अटोमा ८५ किलोवाट क्षमताको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस् इलेक्ट्रीक मोटर दिइएको छ । उक्त मोटरले प्रदान गर्ने टर्क २९० एनएम रहेको छ । त्यस्तै, यो ईभीमा ५०.२३ किलोवाट आवरको सीएटिएल लिथियम आइरन फोस्फेट ब्याट्री दिइएको छ ।

यो ब्याट्रीलाई फुल चार्ज गर्दा एकपटकमा २३५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यो ईभीलाई १०० किलोमिटर प्रति घण्टाको टप स्पिडमा गुडाउन सकिन्छ ।

यो ईभी भ्यानले सिसिएस टु डिसी चार्जर पनि सपोर्ट गर्दछ । यसमा प्रयोग भएको ब्याट्रीलाई फास्ट चार्जरबाट शुन्य देखि १०० प्रतिशत चार्ज गर्न एक घण्टा ३० मिनेट लाग्छ भने एसी चार्जरबाट ७ घण्टा ३० मिनेटको अवधिमा फुलचार्ज गर्न सकिन्छ ।

यसमा फ्रन्ट डिस्क ब्रेक र रियर ड्रम ब्रेक, एबिएस, ईबिड़ी, इलेक्ट्रिक एयर कन्डिसनिङ दिइएको छ । अन्य फिचरहरूमा दुई वटा स्पिकर, एमपी थ्री, युएसबी, रेडियो, ब्लुटुथ लगायत पनि पाउन सकिन्छ ।

कम्पनीले फोटोन आईब्लु अटोको खरिदमा ५ वर्ष अथवा दुई लाख किलोमिटरको वारेन्टी प्रदान गरेको छ । कम्पनीले हाल फाइनान्सको सुविधा पनि दिएको छ । जसअन्तर्गत, फोटोनको यो ईभी भ्यान खरिद गर्ने ग्राहकले १२ लाख रुपैयाँसम्मको डाउन पेमेन्ट र ७० प्रतिशतसम्म फाइनान्सको व्यवस्था गरेको छ ।


Back_to_top