काठमाडौं । सेगवे इलेक्ट्रिक स्कुटर ई १०० ले नेपालको पुर्व पश्चिम यात्रा गरेको छ । स्कुटर चलाकले सेगवे इलेक्ट्रीक स्कुटरमा काँकडभिट्टा (नेपाल भारत सीमा) देखि महेन्द्र नगर (नेपाल भारत सीमा), सम्मको यात्रा सफलता पूर्वक सम्पन्न गरेका हुन् ।
धिरेन्द श्रेष्ठले सेगवे इ १०० मा दुईवटा ब्याट्री र दुईवटा फास्ट चार्जर प्रयोग गरेर पूर्व पश्चिम यात्रा गर्न सफल भएका हुन् । श्रेष्ठले ६ रात ७ दिनको साहसिक यात्रामा चार्जिंगका लागि ६५० रुपैयाँ खर्च गरेको थिए ।
यात्रा आवाधी भरि, सेगवे इ १०० को कार्य क्षमताको सफलता पूर्वक उचित परीक्षण गरिएको थियो, जस अन्तर्गत माइलेज परीक्षण, उच्च गति परीक्षण, अफ-रोड परीक्षण, तापक्रम परीक्षण, अपहिल परीक्षण, ब्रेकिङ परीक्षण, हेडलाइट परीक्षण, र कम्फर्ट परीक्षण गरिएको थियो । सेगवे इलेक्ट्रिक स्कूटरले यी परीक्षणहरू मार्फत सहजै विभिन्न भू-भाग र परिस्थितिहरूमा यसको प्रभावशालिता र निर्भरता प्रदर्शन गरेको चालक धिरेनले बताएका छन् ।
उनले यो साहसिक यात्रा सुरु गर्नु अघि सोही स्कुटर काठमाडौंबाट कुलेखानी रुट हुँदै हेटौंडा तथा काठमाडौंदेखि पोखरासम्मको यात्रामा परिक्षण गरेका पनि बताए ।
यस्तो छ सेगवे इ १००
यसमा २.४ किलोवाटको म्याक्स पावर तथा १.८ किलोवाटको रेटेड मोटर उपलब्ध छ । यो मोटरले १५० एनएम टर्क जेनेरेट गर्छ भने यसको टप स्पीड ५८ किलोमिटर प्रतिघन्टा रहेको छ ।
समा कि-लेस सिस्टम रहेको छ । सुन्दर ढंगले डिजाइन गरिएको साँचो बाहेक रिमोट कन्ट्रोलमा दुईवटा बटनहरु छन् । एउटाले स्कुटरलाई अनरअफ मोडमा राख्छ भने अर्कोले स्कुटरलाई लक गर्न मद्दत गर्दछ ।
सिट कुसनको तल्लो भागमा रहेको २२ लि। क्षमताको सिट कास्कले पूर्ण साइजको हेलमेट अथवा १३ इन्चको ल्यापटप अट्ने ब्याग अथवा सोही भोल्युमको वस्तुहरु राख्ने पर्याप्त ठाउँ उपलब्ध छ ।
यो इ–स्कुटरमा मोबाइल चाजिङ स्लट, तीन फरक ड्राइभिङ मोड जस्ता फिचर पाउन सकिन्छ । यो स्कुटर एक पटकको फुल चार्जमा १०० किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।

