होन्डाले पावरफुल इलेक्ट्रीक मोटरसाइकल बनाउने

काठमाडौं । जापानी दुईपाँग्रे मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी होन्डाले इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्ने भएको छ । इलेक्ट्रीक दुईपाँग्रे सवारी साधन उत्पादनमा आक्रामक देखिएको होन्डाले प्रिमियम इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्ने भएको हो ।

होन्डाले इलेक्ट्रीक मोटरसाइकल निर्माण गर्ने समाचार जापानीज संचार माद्यमले उल्लेख गरेका हुन् ।

कम्पनीले प्रिमियम मोटरसाइकल सेग्मेन्टमा इलेक्ट्रीक मोटरसाइकल ल्याउने बताइएको छ ।

यो मोटरसाइकलमा प्रयोग गरिने ब्याट्री र मोटरको पावर क्षमता दुई सिलिन्डर भएको पेट्रोल मोटरसाइकल ५०० सीसी इन्जिन बराबरको हुने होन्डा कम्पनीका निर्देशक सिम्जि आओयामाले मिडियालाई बताएका छन् ।

होन्डाले यो मोटरसाइकलमा आईसीई प्लेटफर्ममा स्टाइलीस देखिने मोड्युलर फ्रेमको प्रयोग गरि निर्माण गर्ने अनुमान गरिएको छ ।

कम्पनीले २०२४ सम्ममा मोटरसाइकलको अन्य जानकारी सार्वजनिक गर्ने बताएको छ ।

होन्डाले आफ्नो इलेक्ट्रीक दुइपाँगे्रको विक्रि बढाउनको लागी धेरै देशहरुमा बजार विस्तार गरिरहेको छ । यससंगै होन्डाले अब आउने ५ बर्षमा लगभग १० लाख यूनिट इलेक्ट्रीक मोटरसाइकल र २०३० सम्ममा वर्षेनि ३५ लाख यूनिट इलेक्ट्रीक दुईपाग्रे विक्रि गर्ने लक्ष्य राखेको छ ।


Back_to_top