काठमाडौं । फोटोन मोटर्सको नेपालका लागि आधिकारीक विक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले डिलर मिट सम्पन्न गरेको छ। एमएडब्लू वृद्धिले आफ्ना नेपालभरी रहेका आधिकारीक डिलरलाई उत्साहित गर्ने उद्देश्यले बुधबार, बिहिबार र शुक्रबार सोल्टी क्राउन प्लाजामा आधिकारिक डिलर मिट आयोजना गरेको हो।
कार्यक्रममा विशेष अतिथिको रूपमा एमएडब्लू ग्रुपका चेयर म्यान बिष्णु कुमार अग्रवाल उपस्थित थिए । कम्पनीका अनुसार यस कार्यक्रमको मुख्य उद्देश्य एमएडब्लू वृद्धि कमर्सियल भेहिकल आबद्ध भएका व्यवसायीको क्षमता वृद्धि र उनिहरुले प्रदान गर्ने सेवा कसरी सुधार गर्ने भन्ने रहेको थियो।
यस सम्बन्धमा एमएडब्लू वृद्धि कमर्सियल भेहिकलका सेल्स हेड नविन आचार्यले आफ्ना योजना प्रस्तुत गरेका थिए । आचार्यका अनुसारकम्पनीको आगामी पाँच बर्षमा आउने विभिन्न गाडीहरु र योजनाको विषयमा डिलरहरुलाई जानकारी दिइएको थियो ।
कार्यक्रममा सर्भिस सेन्टरको विषयमा पनि गहन छलफल भएको थियो । साथै, गाडी विक्री गरी व्यवसाय सञ्चालन गर्नु कुनै नौलो कुरा नभएको तर विक्रीपश्चात ग्राहकलाई सन्तुष्टि प्रदान कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो ।

