रोयल इन्फिल्ड क्लासीक ३५० को ब्रेकमा समस्या आएपछि २६ हजार मोटरसाइकल रिकल

काठमाडौं । रोयल इन्फिल्डले आफ्नो नयाँ जेनेरेशन क्लासीक ३५० को ब्रेकमा समस्या आएको भन्दै रिकल गरेको छ । कम्पनीले सेप्टेम्बर १ देखि डिसेम्बर ५, २०२१ सम्म बनेका २६ हजार ३ सय क्लासिक ३५० मोटरसाइकल रिकल गरेको हो ।

कम्पनीले नयाँ प्लेटफर्मको साथै रि-भाइज्ड एसओएससीका साथै केही डिजाइनमा परिवर्तनगरी नयाँ क्लासिक ३५० लन्च गरेको थियो ।

कम्पनीले रियर ड्रमब्रेक र सिंगल च्यानल एबीएसमा समस्या आएको जनाउँदै उक्त संख्यामा क्लासिक ३५० रिकल गरेको हो । कम्पनीले रोयल इन्फिल्ड इन्डियाको वेवसाइटमा गएर आफुसँग भएको मोटरसाइकलमा समस्या आएको हो वा होइन भनेर भेरिफाई गर्न सकिने जनाएको छ ।

रोयल इन्फिल्डमा ३४९ सीसीको सिंगल सिलिण्डर एयर/आयल कुल्ड एसओएचसी इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम २० बीएच पावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । क्लासिकमा ५ स्पीड गियरबक्स रहेको छ ।


Back_to_top