काठमाडौं । नेपालका लागि फोटोन माेटर्सकाे आधिकारिक विक्रेता एमएडब्लू वृद्धी कमर्शियल भेहिकलले टुनल्याण्ड ईको सफलतापछि अपग्रेडेड भर्सन ल्याउने तयारी गरेको छ । टुनल्याण्ड ईको नयाँ भर्सन टुनल्याण्ड ईप्लस थप शक्तिशाली तथा आकर्षक फिचरसहित आउने भएकाे हाे ।
अपग्रेडेड टुनल्याण्डमा २.० लिटरको टर्बाे चार्ज्ड डिजेल इन्जिन रहने छ । जसले १४८ हर्सपावर र ३२० एनएम टर्क उत्सर्जन गर्छ । याे पीकअप थप पावर प्याकका साथै स्लीक, स्टाइलिस र मस्कुलर बडीमा आउनेछ । ४X४ फिचर सहित आउने टुनल्याण्ड ईप्लसमा ६ वटा फर्वाड र १ रिभर्स म्यानुअल ट्रान्समिसन रहेको छ । यो पीकअप मोडलले राम्रो एक्सेलेरेशन, राम्रो कार्यसम्पादन र सुधारिएको माइलेजले दिने कम्पनीले दावी गरेकाे छ।
सहजताको लागि यो पीकअपमा रिभर्स क्यामेराको साथ टच स्कृन इन्फोटेन्मेन्ट डिस्प्ले रहेको छ । साथै सुरक्षा फिचरहरुको रुपमा डुअल एयरब्याग र इबीडी सहितको एबीएस ब्रेकिङ सिस्टम पाउन सकिन्छ ।
कम्पनीको आनुसार टुनल्याण्डई पीकअप पारखीहरुको ध्यानमा राखि आवश्यक कुराहरु र कम्पनीको अनुभब र रिसर्च अनुसार डिजाइन गरिएको हो । फोटन ईप्लस अगस्टको शुरुवातबाट नेपालमा विक्री सुरू हुने अनुमान गरिएको छ।

