काठमाडौं । प्रहरीले चोरीका दुई स्कुटरसहित चार जनालाई पक्राउ गरेको छ ।
प्रहरीले काठमाडौंको कीर्तिपुर र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरूलाई चोरीका सवारी साधनसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गत फागुन २ गते कीर्तिपुर नगरपालिका-१० गुरुङ टोलबाट २४ वर्षीय सन्तोष विष्ट र २२ वर्षीय धर्मेन्द्र खडायतलाई बागमती प्रदेश ०२-०१८ प ७९३६ नम्बरको एनटर्क स्कुटर नियन्त्रणमा लिएको हो ।
त्यस्तै, फागुन ४ गते बुढानिलकण्ठ नगरपालिका-२ वासिक क्षेत्रमा चेकजाँचका क्रममा भक्तपुरको ठिमी क्षेत्रबाट चोरी भएको बा ६४ प ३७५५ नम्बरको डिओ स्कुटरसहित १८ वर्षीय रबिन परियार र २८ वर्षीय निर्मल परियार पक्राउ परेका हुन्।
पक्राउ परेका चारै जनालाई आवश्यक कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।


