क्रेटा इलेक्ट्रीक बारे बाहिर आएका ४ तथ्य

काठमाडौं । हुन्डाईले भारतमा केही दिन अगाडि कोना ईभीको उत्पादन बन्द गर्ने घोषणा गर्यो । कम्पनीले भारतमा कोना ईभीको उत्पादन बन्द गर्नुको मुख्य कारण क्रेटा ईभी बजारमा आउन तयार हुनु हो ।

कम्प्याक्ट मिड साइज सेग्मेन्टमा सबैभन्दा सफल एसयूभीलाई हुन्डाईले इलेक्ट्रीकमा ल्याउन लागेसँगै यसको चर्चा बढ्दै गएको छ । यसको अहिले भारत, दक्षिण कोरिया लगायतका देशमा परीक्षण भइरहेको छ ।

कम्पनीले आधिकारीक रुपमा धेरै जानकारी बाहिर नल्याएपनि विभिन्न रिपोर्टले यसका विषयमा निकै धेरै खुलासा गरिसकेका छन् । भारतसँगै नेपालमा पनि बिक्री सुरु हुने बताइएको क्रेटा ईभी पर्खनेहरु यहाँ पनि धेरै छन् ।

सन् २०२५ को जनवरीबाट नेपालमा बिक्री सुरु हुने अनुमान गरिएको क्रेटा ईभीमा रहने मुख्य फिचरका बारेमा विभिन्न रिपोर्टले गरेका खुलासा अनुसारका मुख्य ५ विषेशताहरुका बारेमा यहाँ चर्चा गरिएको छ ।

एक्टेरियर डिजाइन

परीक्षणको क्रममा देखिएका तस्बिरहरुका अनुसार क्रेटा इलेक्ट्रीकको एक्टेरियर डिजाइन अहिले भारतमा बिक्री हुँदै आएको फेसलिफ्ट क्रेटा जस्तै हुनेछ । तर, इलेक्ट्रीक मोडल भएको कारण यसको फेसिया र पछाडिको डिजाइनमा फरक हुनेछ ।

क्रेटा ईभीमा क्लोज अफ ग्रिल, फ्रन्ट क्यामरा, एरो इफिसीयन्ट ह्वीलका साथै बडीमा समेत केहि ईभी स्पेशिफिक व्याजिङ हुनेछ । अर्को मुख्य फरक भनेको यसको रिभाइज्ड डिजाइनको फ्रन्ट र रियर बम्बर, फ्रन्ट फेन्डरमा चार्जि रहने छ ।

इन्टेरियर डिजाइन

क्रेटा आइसीइमा जस्तै क्रेटा ईभीको इन्टेरियरमा पनि धेरै समानता हुनेछ । यसको ड्यासबोर्ड लेआउट, टुइन स्कृन सेटअपका साथै सेन्टर कन्सोल पनि उस्तै रहने छ ।

क्रेटा ईभीमा नयाँ डिजाइनको थ्री स्पोक स्टेरिङ ह्वील, आयोनिक ५ को जस्तै स्टेरिङ ह्वीलकै कोलममा माउण्टेड भएको गियर सेलेक्टर, हुन्डाईकोे लोगोका सट्टा स्टेरिङमा नयाँ व्याजिङ पाउन सकिने छ ।

पावरट्रेन र ब्याट्री प्याक

क्रेटा ईभी फ्रन्ट ह्वील ड्राइभ सिस्टमको साथ आउने छ । अहिले कोना ईभीमा नै प्रयोग भएको १०० किलोवाट क्षमताको इलेक्ट्रीक मोटरमा आउने क्रेटा ईभीमा ४५ किलोवाट आवरको ब्याट्री रहने छ । यसको पीकटर्क भने २५५ किलोवाट रहने छ ।

रेन्ज र चार्जिङ

हुन्डाईले क्रेटा ईभीको रेन्जका बारेमा केहिपनि जानकारी दिएको छैन । तर, यसको रेन्ज ३५० देखि ४०० किमिको भित्रै रहने अनुमान गर्न सकिन्छ ।

ब्याट्री टेक्नोलोजीको विकास र इफिसीयन्सी बढ्दो क्रममा रहेकोले क्रेटा ईभीले १०० किलोवाट क्षमताको डिसी चार्जर सपोर्ट गर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top