काठमाडौं । धादिङबेँसीमा सडक छेउमा पार्किङ गरेर राखिएको कारमा अज्ञात व्यक्तिले सुटकेस राखेर भागेका छन् ।
बुधबार दिउँसो सडक छेउमा पार्किङ गरेर राखिएको बा १६ च ९१७२ नम्बरको कारमा अज्ञात व्यक्तिले खैरो रङको सुटकेस राखेर भागेपछि तनावको स्थिति सिर्जना भएको थियो ।
चालकले कारको ढोका लक नगरी हिँडेपछि अज्ञात व्यक्तिले सिटमा सुटकेस राखेर हिँडेको पाइएको छ । सुटकेस शंकास्पद भएपछि प्रहरीले उक्त सडक सिल गरेको छ । प्रहरीले नेपाली सेनाको बम डिस्पोजल टिमलाई बोलाएको छ ।
सुटकसभित्र के सामान छ र कसले किन राखेर भाग्यो भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ ।
तस्वीर : मनिष दुवाडीको फेसबुकबाट