२ लाख ८० हजारको मोटरसाइकलमा उपलब्ध आकर्षक ४ फिचर

काठमाडौं । बजाजका मोटरसाइकलको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले बुकिङ खुल्ला गरेको बजाज पल्सर एनएस १२५ को मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ । यो कम्पनीले विक्री गर्ने सबैभन्दा कम क्षमताको एनएस सिरिज हो ।

बजाजले भारतमा चुपचाप सार्वजनिक गरेको पल्सर एनएस १२५ त्यसको केही महिनापछि नै नेपाल आउन लागेको हो । एनएस सिरिजमा यसअघि १६० सीसीको मोटरसाइकल इन्ट्री लेवलमा थियो । तर, १२५ सीसीमा आएसँगै यसको आकर्षण पनि बढ्ने अनुमान गर्न सकिन्छ ।

एनएस १२५ आफ्नो डिजाइन, पावर, फिचर र तौलको कारण चर्चामा रहेको मोटरसाइकल हो । त्यसैले यसलाई बुकिङ गर्ने इच्छा भएको मानिसलाई यसमा उपलब्ध ४ सवल पक्षको विषयमा हामीले जानकारी दिने प्रयास गरेका छौं ।

१. डिजाइनः पल्सर एनएस १२५ को डिजाइन हुवहु एनएस १६० जस्तै रहेको छ । यसमा प्रयोग भएको सिग्नेचर हेडल्याम्प, एलइडी टेल लाइट, निकै आकर्षक इन्धन ट्याङ्की, पाइलट ल्याम्प जस्ता फिचरले गाडीलाई आकर्षक बनाएको छ । साथै, कम्पनीले यसलाई विभिन्न आकर्षक ४ कलरमा बजारमा ल्याएको छ ।

२. इन्जिनः सबैभन्दा सानो इन्जिन भएको पल्सर एनएस १२५ मा १२४.४५ सीसी क्षमताको सिंगल सिलिण्डर, एयरकुल्ड इन्जिन प्रयोग भएको छ । यसमा रहेको इन्जिनले अधिकतम १२ पीएस पावर र ११ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स प्रयोग गरिएको छ ।

३. मुख्य फिचरः एनएस १२५ मा सेमी डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, हेलोजीन हेडल्याम्प, बल्ब इन्डिकेटर, पाइलोट ल्याम्प, सिबीएस ब्रेकिङ सिस्टम पाउन सकिन्छ ।

४. फ्रेम र तौलः बजाजले पल्सर एनएस १२५ लाई पेरिमिटर फ्रेममा तयार गरेको छ । यसको कुल तौल १४४ किलोग्राम रहेको छ । अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोशक सस्पेन्सन पाउन सकिन्छ ।


Back_to_top