पल्सर टेष्ट राइड गर्दा हिमालयन जाभामा सित्तैमा कफी पिउन पाइने !

काठमाडौं । बजाज मोटरसाइकल चलाउँदा हिमालयन जाभामा सित्तैमा कफी पिउन पाइने भएको छ ।

नक्सालस्थित बाइकर्स क्याफेमा संचालन भइरहेको टेष्ट राइड कार्यक्रममा सहभागी हुनेले हिमालयन जाभामा निःशुल्क कफी ९एक्सप्रेसो० पिउन पाउने छन् ।

बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाशचन्द एण्ड कम्पनीले हिमालयन जाभासँग सहकार्य गर्दै यस्तो अफर ल्याएको हो ।

कम्पनीका अनुसार बाइकर्स क्याफेमा पल्सर एन सिरिजका १६० र २५० टेष्ट राइड गर्नेले निःशुल्क कफी पिउन पाउने छन् ।

बजाज पल्सर सिरिजको सबैभन्दा ठूलो क्षमताको पल्सर एन २५० को मूल्य ४ लाख ४९ हजार ९०० रुपैयाँ र एन १६० को मूल्य ३ लाख ९३ हजार ९०० रुपैयाँ छ ।

त्यस्तै, कम्पनीले ग्राहकले मासिक ५ हजार रुपैयाँ किस्तामा नै बजाज एन सिरिजका मोटरसाइकल चढ्न सकिने स्कीमसमेत ल्याएको छ । यो स्कीम अन्तर्गत ग्राहकले ३६ महिनासम्मको किस्ता सुविधा पाउने छन् ।


Back_to_top