काठमाडौं । नेपाल पर्यटन बोर्ड फागुन २१ गते निर्वाचनका दिनमा आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रुका लागि सटल बस संचालन गर्ने भएको छ ।
बोर्डले हवाई यात्रुलाई विमानस्थलदेखि होटेल र होटेलदेखि विमानस्थलस्थलसम्म लैजान सटल बसको व्यवस्था गरेको हो ।
बोर्डका अनुसार सटल बस सेवा बिहान ५ बजेदेखि साँझ ७ बजेसम्म संचालन हुनेछ ।
यस्तो छ सटल बस चल्ने रुट
पहिलो रुट एनएसी-न्यूरोड-कान्तिपथ-ठमेल-लैनचौर-मल्ल होटेल-नयाँ बजार-शंकर होटेलर्-याडिसन-दरबारमार्ग-याक एण्ड यति-नक्साल-गौशाला-बत्तिसपुतली (द्धारिका होटेल) हुँदै विमानस्थलसम्म चल्ने छ । सो बस सोही रुटबाट फिर्ता हुनेछ ।
दोस्रो रुट महाराजगन्ज चोक-नारायणथान चोक-धुम्बाराही (रामाडा होटेल)-चाबहिल-बौद्ध (हायात रिजेन्सी)-जोरपाटी चोक-चाबहिल-गौशाला हुँदै विमानस्थलसम्म चल्नेछ ।
तेस्रो रुट कुपन्डोलस्थित हिमालयल होटेल-त्रिपुरेश्वर-कालिमाटी-सोल्टीमोड-कलंकी-एकान्तकुना-सातदोबाटो-ग्वार्को (रोयल टुलिप)-तीनकुने-नयाँ बानेश्वर-एभरेष्ट होटेल हुँदै विमानस्थलसम्म पुग्नेछ ।
तीनै रुटका बस सोही रुट हुँदै फर्कने छन् ।

