काठमाडौं । गण्डकी प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) आफैं छाप्ने भएको छ ।
गण्डकी प्रदेश सरकारले आज ५९ बुँदे साझा संकल्प र नीतिगत प्रतिबद्धता सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।
सवारी चालक अनुमतिपत्र छपाइ प्रदेशबाट नै गर्ने गरी व्यवस्था मिलाउन सङ्घीय सरकारसँग सार्थक पहल गरिने सरकारले जनाएको छ ।
त्यस्तै, प्रदेश सरकारले यातायात प्रणालीको अनलाइन सेवालाई थप प्रभावकारी बनाउन सम्पूर्ण सफ्टवयेरको सञ्चालन तथा व्यवस्थापन गर्ने बताएको छ ।
त्यसैगरी, राइड शेयरिङ जस्ता सेवालाई कानुनद्वारा व्यवस्थित गरी सञ्चालन गर्ने पनि गण्डकी सरकारको नीति छ ।