साउन र भदौमा कति भित्रिए पेट्रोल कार ?

काठमाडौं । विद्युतीय कारको बिक्री बढ्दै गएको समयमा पेट्रोल कारको चर्चा कम हुँदै गएको छ । चर्चामा ईभीको धेरै भए पनि पेट्रोल कारको आयात पनि राम्रै देखिन्छ ।

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा कुल १ हजार ८२४ युनिट चार पाङ्ग्रे आयात भएकोमा पेट्रोलियम पदार्थबाट चल्ने कारको संख्या ६५८ युनिट रहेको छ । बाँकी ११६६ युनिट कार इलेक्ट्रीक आयात भएको हो ।

चालु आर्थिक वर्षको दुई महिनामा ३६ प्रतिशत पेट्रोलियम पदार्थबाट चल्ने कार आयात हुँदा करिब ६४ प्रतिशत विद्युतीय कार आयात भएको हो ।

नेपालमा विद्युतीय कारको आयात तीव्र गतिमा विस्तार भइरहँदा पेट्रोल कारको आयातमा देखिएको सुधारलाई धेरैले अर्थपूर्ण रूपमा लिन थालेका छन् । अहिले देखिएको पेट्रोलियम कार आयातलाई लिएर गाडी बिक्रेताहरू नै चर्चा गर्न थालेका छन् ।

विश्वव्यापी हाइब्रिड कारको बढ्दो आयात र ईभी उत्पादक समेत हाइब्रिडमा केन्द्रित हुन थालेको समयमा पेट्रोलियम पदार्थबाट चल्ने कारको आयात बढ्नुलाई धेरैले अर्थपूर्ण रूपमा लिएका छन् ।

 


Back_to_top